सेनाको गोली लागेर एकको मृत्यु

काठमाडौं । बारामा सेनाको गोली लागेर एकको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गर्दा एक सिकारीको मृत्यु भएको हो । हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकामा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
एक जना मृत अवस्थामा फेला परेको सेनाले पुष्टि गरेको छ । घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र अन्य सामान बरामद गरेको छ । मृतकको पहिचान खुलेको छैन ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया