वडा अध्यक्षको हस्ताक्षर कीर्ते गर्ने वडा सचिव पक्राउ

काठमाडौं । वडाध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडासचिव पक्राउ परेका छन्।रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ३ का सचिव ४७ वर्षीय वाङदी तामाङलाई रसुवा प्रहरीले आइतबार पक्राउ गरेको हो।
सोही गाउँपालिका– २ का अध्यक्ष कामी छिरिङ तामाङको उजुरीका आधारमा वडासचिवलाई पक्राउ गरिएको रसुवाका डिएसपी केशव भट्टराईले बताए।
टिमुरेमा रहेको आफ्नो एक रोपनी १२ जग्गा बिक्रीका लागि घरबाटो सिफारिससम्बन्धी पत्रमा वडासचिवले किर्ते हस्ताक्षर गरेका हुन्। वडाध्यक्षले सिफारिसमा ढिलाइ गरेपछि उनले आफैँ हस्ताक्षर किर्ते गरेका बताइएको छ।
करिब ६ महिनाअघि नै वडाध्यक्षले सचिव वाङदीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। आइतबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लिखत किर्ते मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी भट्टराईले जानकारी दिए।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया