अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेरः बजेट महाशाखामा नरेन्द्र राना
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । हेरफेरअनुसार बजेट तथा कार्यक्रम महाशाखामा सहसचिव नरेन्द्र रानालाई जिम्मेवारी दिइएको छ । महाशाखा प्रमुख रहेका रितेश शाक्यविरुद्ध अन्तशुल्क स्टिकर छपाईसम्बन्धि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ । प्रशासनमा रहेका नारायण सापकोटाको
महालेखानियन्त्रकको कार्यालयमा पठाइएको छ । मन्त्रालयमै सहसचिव रहेकी सुशीला अर्यालको महालेखानियन्त्रक कार्यालयमा सरुवा भएको छ। भन्सार विभागको उपमहानिर्देशकका रूपमा सहसचिव रामकुमार महतो आएका छन्। उपमहानिर्देशक रहेका टंक पाण्डे पनि भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया