NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

एक लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो । फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।