NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

बादलका छोरा प्रतीक जेल चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी सम्बन्धि ठगी अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई मगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकोमा उनलाई सुन्धारा कारागार पठाइएको छ ।
थापालाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलाशले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो । बादल गृहमन्त्री हुँदा प्रतिक सचिवालयमा बसेर बिचौलियाहरुसँग करोडौं लिएको प्रहरीको अभियोग छ । उनी एक वर्षसम्म फरार थिए ।