NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत १९ गते

पुँजीबजारलाई व्यवस्थित गर्ने हो भने

संस्थागत संरचनात्मक हिसाबले हेर्ने हो भने पुँजीबजारको विकास धेरै भएको छ । हामीले नियामक निकाय (नेपाल धितोपत्र बोर्ड) पाएका छौं, आधुनिक प्रकारको नेपाल स्टक एक्सचेन्ज पनि छ ।

एक्सचेन्जले ब्रोकर सिस्टम दिएको छ, तिनीहरू ओपन आवर सिस्टममार्फत अटोमेटिभ नम्बर अफ सेक्युरिटिज कम्पनीहरू र लिस्टेड कम्पनीहरूको डाइभारसिटी (विविधीकरण) गरेका छन् । पहिले बैंक तथा वित्तीय संस्थामा मात्रै केन्द्रित भएको पुँजीबजार अहिले विस्तार भएर रियल सेक्टरसँग पनि जोडिएको छ । लगानीकर्ता पनि उल्लेख्य रूपमा बढेका छन् । सिडिएसको परिचयपछि अटोमेसन र डिजिटलाइजेसनले गर्दा क्लियरिङ सेटलमेन्ट सिस्टमको टाइम पिरिएड (टी प्लस फाइभ) अहिले घटेको छ । प्राविधिक, संस्थागत संरचना नियाल्दा पुँजीबजारले छोटो अवधिमा ठूलो फड्को मारेको छ ।

दोस्रो बजार इन्डेक्सको हो । इन्डेक्सको विगत दुई वर्ष नियाल्ने हो भने धेरै स्ट्याकनेन्ट जस्तो देखिन्छ । अहिले बजार १ हजार ८०० को वरिपरि घुमिरहेको छ । सेयर बजार घट्दा मानिसहरूले विभिन्न पक्षलाई गाली गर्छन् । लामो समय त राष्ट्र बैंकको नीतिका कारण बजार घटेको भन्दै गाली गरियो । कोभिड, देशको अर्थतन्त्रजस्ता कारणले पनि यो प्रभावित बन्यो । जसले जे–जे कारण औंल्याए पनि पुँजीबजार तलमाथि हुनुको मुख्य कारण लगानीकर्ताको मनोबल नै हो । लगानीकर्ताको मनोबल अहिले खस्किएको जस्तो अनुभूति भएको छ ।

ड्राइभिङ सिटमा बसेर पुँजीबजारलाई सही गन्तव्यतर्फ पु¥याउने ड्राइभर पुँजीबजारले पाएको छैन । यो नहुँदा पुँजीबाजरमा अन्योलता सिर्जना भएको छ ।

त्यसो त, मार्केट रेजिलेन्सी पनि बढेको छ अहिले । यद्यपि, बजार माथि जान सकेको छैन । लगानीकर्ताको अपेक्षा पूरा नहुनुको कारण बजारप्रति भरोसा नहुनु हो, भविष्यप्रति आशावादी नहुनु नै हो । नेपालको पुँजीबजारमा आर्थिक भन्दा पनि गैरआर्थिक कारण हाबी भइरहेको छ । गैरआर्थिक कारणमा एउटा राजनैतिक हो । अर्कोचाहिँ अस्थिर नीति । यीमध्ये सबैभन्दा बढी जोखिम अस्थिर नीतिले ल्याएको छ । यो कुरा हामीले मात्र नभएर विदेशी संस्थाहरूले समेत भनिरहेका छन् ।

पुँजीबजारको ‘रेगुलेटरी सेक्टर’मा एक किसिमको भ्याकुम क्रियट भएको छ । धितोपत्र बोर्डले समयमै अध्यक्ष पाउँछ भन्ने कुरा पुँजीबाजरमा हिजोको दिनसम्म स्थापित थियो । तर आज त्यो ब्रेक भएको छ । कतिपय अवस्थामा पहिले अध्यक्षको कार्यकाल नसकिँदै अर्को अध्यक्ष नियुक्त भएर आएको उदाहरण पनि छ । तर आज यति लामो समय भइसक्दा पनि बोर्डले अध्यक्ष पाउन सकेको छैन ।  ड्राइभिङ सिटमा बसेर पुँजीबजारलाई सही गन्तव्यतर्फ पु¥याउने ड्राइभर पुँजीबजारले पाएको छैन । यो नहुँदा पुँजीबाजरमा अन्योलता सिर्जना भएको छ ।

लगानीकर्ता, कम्पनी सबैमा खासगरी पुँजी लिन चाहने कम्पनीहरू स्टाकनेस हुने अवस्थामा छन् । उनीहरू छिटोभन्दा छिटो बजारमा पुँजी निर्माण गर्न तयार भइरहेका छन् । यसरी पुँजी जेनेरेट हुँदा मान्छेको बचत चलायमन हुन्थ्यो । रिर्टन र रिस्कको बीचमा सम्बन्ध निर्माण हुन्थ्यो । जोखिम लिन चाहने लगानीकर्ताहरू त्यहाँ जान्थे होला । जसरी अहिले बैंकमा तरलता बढिरहेको छ, त्यो पुँजीबजारमा प्रवाह हुन्थ्यो होला । बोर्ड नेतृत्वविहीन हुँदा यी सबै कुरा प्रभावित भएको छ ।

धितोपत्र  बोर्ड र नेपाल राष्ट्र बैक आर्थिक क्षेत्रका महत्त्वपूर्ण नियामक हुन् । यी निकायको काम सिधै सर्वसाधारणको जनजीविकासँग सम्बन्धित छ । नियामक निकायले राम्रो नेतृत्व पाउन सकेन भने त्यसको असर व्यक्ति र स्वंय देशले व्योहोर्नुपर्ने हुन्छ । देशको अर्थतन्त्रलाई राम्रोसँग चलाउन सकेन र राम्रो भिजन दिन सकेन भने भोलि पूरै अर्थतन्त्त ध्वस्त हुन्छ । यो कुरा राज्यले नबुझेको जस्तो देखियो ।

धितोपत्र बोर्डलाई सरकारले लाइसन्स दिने निकायका रूपमा मात्रै बुझ्यो । तर सरकारले लाइसन्स दिँदाका खराब निर्णय र त्यसको मूल्य सर्वसाधारण र सरकारले व्योहोर्नुपर्छ भनेर बुझेन । सन् २००८ मा राम्रो नियामक निकाय भएको देश अमेरिकामा आर्थिक संकट आयो । अमेरिकामा मात्रै नभएर विश्वभरि नै आर्थिक संकट फैलियो । जसलाई फाइनान्सियल ग्लोबल क्राइसेस भनियो । आर्थिक संकटले धेरै बैंकहरू बन्द भए । नेपालको हकमा वाणिज्य बैंक र नेपाल बैंकको उदाहरण लिन सकिन्छ । ती दुई बैंकमा समस्या देखापर्दा समाधानका लागि विश्व बैंकबाट कर्जा लिइएको थियो । त्यसको मूल्य नेपाली जनताले व्योहोर्नुपर्यो । दुइै बैंकले लिएको कर्जा जनताको थाप्लोमा पर्यो ।

आज धितोपत्र बोर्ड, राष्ट्र बैंक  फेल भयो भने त्यसले अन्य संस्थाहरू डुब्छन्, जोखिम बढ्छ, सिस्टममा समस्या आउँछ । आर्थिक विशृंखलता बढ्छ । यी सबैको मूल्यचाहिँ नेपाली जनता र राज्यले चुकाउनुपर्छ ।

राज्यलाई आर्थिक दुर्घटनाबाट बचाउन संस्थामा टेक्निकल्ली साउन्ड भएको, टेक्निकल बुझेको व्यक्ति चाहिन्छ । यस्ता व्यक्ति राज्यले खोजेर ल्याउनुपर्छ । लिलाम गर्ने होइन । यहाँ त अक्सनिङ भइरहेको छ । अक्सनमा जाउ, बाहिरबाट नम्बर अर्थात् रातरात नम्बर हालेर नेतृत्व चयन हुन्छ । अझ अहिले त त्यसरी छानिएका पनि गएनन् भन्ने समाचार पत्रपत्रिकामा आयो । किनकि, अक्सनिङ प्रक्रियामा पनि पहिला नै फिक्स भइसकेको बुझियो । यो जतिको दुभाग्य देशको लागि अरू के होला ?

पुँजीबाजरसम्बन्धी वित्तीय साक्षरता निकै कम छ । सेयर बजार भनेको जोखिम लिने बजार भनेर बुझ्नुपर्छ । जोखिम लिने बजारमा फण्डामेन्टल प्राइस अर्थात भ्यालु हुन्छ । जसलाई हामी भ्यालुएसन भनेर बुझ्छौं ।

विकसित देशमा त्यहाँको विश्लेषकहरुले यस्ता भ्यालुएसन गरिरहेका हुन्छन् । भ्यालु र मार्केट प्राइसबीचमा धेरै समानता र कम भिन्नता हुन्छ । नेपालमा सेयरमा लगानी गर्नुपूर्व लगानीकर्ताले कम्पनीको प्रोफाइल, ब्यालेन्ससिट, भविष्यमा हुने अनुमानहरु, पर्फमेन्स हेर्ने चलन छैन । कम्पनीको आधारभूत विश्लेषण गर्दैनन् ।

नेपालमा त खालि एउटा ह्युमर चलाइन्छ । यसले नै सेयर तलमाथि गराइदिन्छ । उदाहरणका लागि ‘विष्णु पौडेल अर्थमन्त्रीमा निश्चित, सेयर बजारमा हरियाली’, ‘वर्षमान पुन अर्थमन्त्री बन्ने चर्चा लगत्तै सेयरमा भारी गिरावट’जस्ता समाचारले सेयर बजारमा ठूलो प्रभाव पारेको देखिन्छ । त्यस्तै, मौद्रिक नीति लचिलो हुने चर्चाले पनि यस पटक बजार बढ्यो । गैरकारक तत्वले हाम्रो बजार जता पायो, त्यतै गइरहेको छ ।

अर्को उदाहरण हेरौं । आज फाइनान्स बढ्यो भोलि लघुवित्तको पालो । लघुवित्तको अवस्था के छ कसैलाई थाहा छैन । लघुवित्तको भोलिको प्रस्पेटिक्स के हो, बजारको ब्याजदर कति हो, तरलता कता गइरहेको छ, केही मतलब छैन । त्यही ह्युमरकै पछि भीड दौडिरहेको छ । यस्ता गैरआर्थिक कारणले बजार प्रभावित हुनु हुँदैन । बजार आर्थिक फ्याक्टरबाट प्रभावित हुनुपर्छ न कि गैरआर्थिक कारणले ।

पत्रपत्रिकाले पनि कम्पनीको वित्तीय पर्फमेन्स यस्तो छ भनेर समाचार सम्प्रेषण गरेको देखिँदैन । त्रैमासिक तथ्यांकको आधारमा विश्लेषण गरेको हुँदैन । गर्छ के भने राष्ट्र बैंकको गर्भनरले फलानो कार्यक्रममा आएर बोल्नुभयो, अबको नयाँ मौद्रिक नीति खुकुलो हुन्छ ।’

अब बानीमा परिवर्तन गरौँ । नेपालका कतिपय कम्पनीको ग्रोथको प्रोजेक्सन छ । कति कम्पनी नयाँ टेक्नोलोजी लिएर अगाडि बढ्न खोजेका छन् । कति कम्पनीको सेल्स बढ्नेवाला छ । कति कम्पनी नेपालबाहिर गएर लगानी गर्न खोजेका छन् । तिनीहरूको सेयर आइरहेका छन्  । बजारमा केही कम्पनीको नेटवर्थ नेगेटिभ भएकाहरूको पनि सेयर भाउ उच्च गराइरहेका छन् । त्यो भनेको केही सीमित लगानीकर्ताहरूले मार्केटमा खेलिरहेका छन् ।  उनीहरूले पूरै मार्केटलाई ध्वस्त गराइरहेका छन् भन्ने मेरो बुझाइ हो ।

(भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।)