NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

कति जोखिमयुक्त छ प्राइभेट इक्युटी र भेञ्चर क्यापिटल ?

नेपालमा धेरैजसो प्राइभेट इक्युटी भेञ्चर तथा क्यापिटल फण्ड बिनादर्ता, बिनानियमावली सञ्चालित छन्

प्राइभेट इक्युटी तथा भेञ्चर क्यापिटल वैकल्पिक लगानी व्यवस्था गर्ने संस्था हुन् । अन्तर्राष्ट्रियस्तरमा ठूलो इण्डस्ट्रीका रूपमा विकसित प्राइभेट इक्युटी तथा भेञ्चर क्यापिटलको नेपालमा भने लामो इतिहास छैन । नेपाल धितोपत्र बोर्डले ‘विशिष्टीकृत लगानीकोष नियमाली, २०७५’ जारी गरेपछि यस्ता कोषहरू दर्ता भएर सञ्चालनमा आउन थाले । यो इनोभेटिभ फाइनान्सिङको एउटा माध्यम हो, जसले विभिन्न उपकरण प्रयोग गरेर लगानी गर्ने मिश्रित फाइनान्सिङलाई हौसला प्रदान गर्छ ।

प्राइभेट इक्युटी फाइनान्सिङमा कोल्याटल हुँदैन । बिजनेस नभएको ठाउँमा फाइनान्सिङ गरिने भएकाले त्यहाँ जोखिम पनि उच्च नै हुन्छ । त्यो जोखिम न्यून गर्ने माध्यम संस्थागत सुशासन हो । त्यसैले प्राइभेट इक्युटी भेञ्चर क्यापिटलले लगानी गरेको ठाउँमा सुशासन मापदण्डलाई विशेष ख्याल गरिएको हुन्छ । यस कारण देश विकासमा प्राइभेट इक्युटी तथा भेञ्चर क्यापिटल महत्त्वपूर्ण छ ।

यो फण्डको सुरुवातको उद्देश्य ‘स्टार्टअप फाइनान्सिङ’मा लगानी गर्नु हो । यो अवधारणाले व्यवसायको स्वरूप ग्रहण गरेपछि तथा व्यावसायिक रूपमा लचिलो छ भन्ने संकेत दिएपछि एन्जल लगानीकर्ता अर्थात् बढी जोखिम लिन चाहने लगानीकर्ता आउँछन्

अवसर इक्युटीले अहिले सञ्चालनमा ल्याएको फण्ड प्राइभेट इक्युटी हो । यसले स्थापित कम्पनीमा लगानी गरेको हुन्छ ।

सुरुमै जोखिमयुक्त लगानी गर्दैनौं । आगामी दिनमा पनि भेञ्चर गर्ने, त्योभन्दा बढी जोखिमयुक्त अर्थात् सुरुवाती चरणका कम्पनीलाई फाइनान्सिङ (लगानी) गरेर अघि बढ्ने सोच छ ।

यो फण्डको सुरुवातको उद्देश्य ‘स्टार्टअप फाइनान्सिङ’मा लगानी गर्नु हो । यो अवधारणाले व्यवसायको स्वरूप ग्रहण गरेपछि तथा व्यावसायिक रूपमा लचिलो छ भन्ने संकेत दिएपछि एन्जल लगानीकर्ता अर्थात् बढी जोखिम लिन चाहने लगानीकर्ता आउँछन् । अझ त्योभन्दा माथि स्केलअपको चरणमा पुगेपछि भेञ्चर पुँजीपतिहरू आउँछन् । भेञ्चर पुँजीपतिहरूलाई अर्को स्केलअपमा लिएर गइसकेपछि मात्रै प्राइभेट इक्युटी आउने हो । जसले ग्रोथ फण्डमा लगानी गर्छन् । त्यसभन्दा पनि पछाडि कम्पनीहरू भल्चर फाइनान्सिङमा (डुब्न लागेका कम्पनीमा लगानी गर्ने) जान सक्छ । व्यवसायलाई पुर्नजीवित गर्ने उद्देश्य भल्चर फाइनान्सिङले गर्छ । भन्नुको मतलब स्टार्टअपदेखि यो चरणसम्म फाइनान्सिङ गर्ने कम्पनीको चरण हुन्छ । यी सबै चरणमा मुख्यतया इक्युटी फाइनान्सिङ हुन्छ । तर यसलाई कम्पनीको अवस्था हेरेर ब्लेन्ड गर्नुपर्छ । जस्तो : इक्युटी मात्र दिँदा दफा ५७ अनुसार गरिन्छ । जसमा सानो स्केलमा अवधारणा बनाएर कम्पनी सुरु गरिएको हुन्छ ।

यसको सुरुवात ५० लाखबाट गरिएको भए पनि अर्को चरणमा लगानी गर्न २ करोड आवश्यक पर्न सक्छ । लगानी ह्वात्तै बढाउनुपर्ने भएकाले यो अवस्थामा पुँजी अभाव हुन सक्छ । अन्य कुनै भेञ्चर पुँजीपतिले लगानी गर्नेबित्तिकै उसको स्टेक उच्च हुन्छ । सानो स्टेक भएपछि वास्तविक संस्थापक उत्साहित नहुन सक्छन् ।

हामीकहाँ प्राइभेट इक्युटीले ऋण लगानी गर्न पाउने व्यवस्था छैन । केही हदसम्म नियमालीमा संशोधन भएको छ । तर यसमा पनि कमीकमजोरीहरू छन्, त्यसलाई सच्याउनु पर्छ ।

लगानीको जोखिम

प्राइभेट इक्युटी भेञ्चर क्यापिटलको लगानी अत्यन्तै जोखिमयुक्त छ । एञ्जल स्टार्टअपको लगानी त झन् चुनौतीपूर्ण छ । यसमा आफ्नो लगानी फिर्ता आउँछ कि आउँदैन भन्ने नै अनिश्चित हुन्छ । प्राइभेट इक्युटीमा जति माथिल्ला चरणमा लगानी गर्न सकियो उति नै जोखिम न्यून हुँदै जान्छ ।

यसको सुरुवात ५० लाखबाट गरिएको भए पनि अर्को चरणमा लगानी गर्न २ करोड आवश्यक पर्न सक्छ । लगानी ह्वात्तै बढाउनुपर्ने भएकाले यो अवस्थामा पुँजी अभाव हुन सक्छ

मुनाफाका लागि लगानीकर्ताले लामो समय कुर्नुपर्छ । लगानीकर्ताले यसमा धेरै मुनाफा आर्जन गर्न पनि सक्छन्, लगानी गुमाउन पनि सक्छन् । त्यसैले जोखिम लिन सक्ने लगानीकर्ता मात्रै यो बजारमा प्रवेश गर्नु पर्छ ।

अहिले यो फण्डको अर्को अभाव छ । यो नियमावलीका कारण नभई प्राइभेट इक्युटी भेञ्चर क्यापिटलप्रतिको अपर्याप्त बुझाइले भएको हो । मौजुदा नियमावलीलाई नै अंगीकार गरेर हामी अघि बढ्न सक्छौं । भोलिका दिनमा कस्तो विनियमावली चाहिएला ? कस्तो आउला ? त्यो आगामी दिनमै तय होला । तर अहिले यसमा अल्झिन जरुरी छैन ।

प्राइभेट इक्युटी भेञ्चर क्यापिटलहरूले लगानी गर्दा सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । किनभने, यसमा कोल्याटल लिइएको हुँदैन, ग्यारेन्टी रिर्टन पनि लिइएको हुँदैन ।

डोमिसाइल फण्डले नेपालमा लगानी गर्दा यहाँको फण्ड व्यवस्थापक अथवा एडभाइजरसँग लगानी व्यवस्थापन सम्झौता गरेको हुन्छ । यस्तो फण्ड नेपालमा दर्ता गर्नै पर्ने बाध्यता रहँदैन

नेपालमा धेरैजसो प्राइभेट इक्युटी भेञ्चर तथा क्यापिटल फण्ड बिनादर्ता, बिनानियमावली सञ्चालित छन् । यसलाई दुई वटा फरक दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । एउटा, फण्ड कहाँ डोमिसाइल भएको छ, त्यो हेर्नुपर्ने हुन्छ । उदाहरणको रूपमा डोल्मा इम्प्याक्ट नेपाल बाहिर डोमिसाइल भएको फण्ड हो । डोल्माले नेपालमा एफडिआई (वैदेशिक लगानी) को रूपमा लगानी गरिरहेको छ । यो विदेशी लगानी नेपाल भित्रिने माध्यम बनेको छ । भित्रिएका विदेशी फण्डलाई प्रोत्साहन सम्बन्धमा सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ ।

डोमिसाइल फण्डले नेपालमा लगानी गर्दा यहाँको फण्ड व्यवस्थापक अथवा एडभाइजरसँग लगानी व्यवस्थापन सम्झौता गरेको हुन्छ । यस्तो फण्ड नेपालमा दर्ता गर्नै पर्ने बाध्यता रहँदैन । किनकि, हाम्रो देश र अर्को देशबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ भने त्यो नै पर्याप्त हुन्छ ।
ब्रोकर कम्पनीहरू नेपाल धितोत्र बोर्डबाट लाइसेन्स पाएपछि मात्रै सञ्चालन हुन पाउँछन् । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको हकमा पनि त्यही लागू हुन्छ । प्राइभेट इक्युटीमा भने डोमिसाइल फण्डले पनि नेपालमा लगानी गर्न पाउँछन् । सेबोनमा दर्ता नभए पनि कम्पनी एक्टमा इन्भेष्टमेन्ट कम्पनीको रूपमा दर्ता भएका हुन्छन् । यी फण्डहरूलाई कहाँ, कसलाई कस्तो किसिमको कर सुविधा दिने, कसरी प्रोत्साहन गर्ने कुरा स्पष्ट छैन । जस्तो बोर्डमा दर्र्ता भएर सञ्चालन गर्दा के–के लाभ छन्, नहुँदा के हुन्छ भन्ने स्पष्ट हुनुपर्छ ।

(अवसर इक्युटीका प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले नेपालवाचको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’मा व्यक्त गरेका भनाइको सम्पादित अंश)