मेधावीले कहिले पढ्लान शिक्षा शास्त्र ?
विश्वविद्यालयको अहिलेको तौरतरिकाले योग्य शिक्षक जन्मँदैनन्
विगत ३६ वर्षदेखि विद्यालयको कक्षाकोठामा समय बिताइरहेको छु । साढे तीन दशकअघि र अहिलको विद्यालय तहको सिकाइको तुलना गर्दा अवस्था सन्तोषजनक नै मान्नुपर्छ ।
कक्षा कोठा र पाठ्यक्रम सिकाइका महत्त्वपूर्ण कुरा हुन् । यी दुवैको परिवर्तन समयसापेक्ष आवश्यक छ । हाम्रो देशको शिक्षा मन्त्रालयले यी काम अघि बढाइरहेको पनि छ । पहिले पाठ्यक्रम परिवर्तनमा तदारुकता नदेखिने गरेकोमा अहिले यसप्रतिको गम्भीरता बढ्दो छ । यसमा काम गरिरहेकै व्यक्तिमा पाठ्यक्रम समायोजन गर्नुपर्छ भन्ने सोच र दृष्टि पलाउनु सुखद् कुरा हो । यसले अन्ततोगत्वा समयानुकुल पाठ्यक्रम अध्यावधिकमै भूमिका खेल्छ ।
हामीले प्रदान गरेको विद्यालय शिक्षा गुणस्तरीय छ कि छैन ? यसमा गौर गरी सोच्दा, तथ्यहरू नियाल्दा सकारात्मक उत्तर भेटिन्न । सन् २०१४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी र सन् २०२४ मा एसईईमा सामेल विद्यार्थी संख्या यसको गतिलो दृष्टान्त हो ।
समाजले पनि ‘शिक्षण अन्य विषय पढ्न नसकेकाले अगाल्ने पेशा हो’ भन्ने भाष्य जबरजस्त स्थापित गरिदिएको छ । मेधावी विद्यार्थीको रोजाइमा शिक्षा शास्त्र नपर्नुका कारण कैयन् भए पनि जडचाहिँ यही हो ।
यो परिदृश्यले यस्तो किन भएको होला भन्ने स्वाभाविक प्रश्न उब्जाइरहेको छ । धेरैजसोले सिकाइमा खोट भएकाले गुणस्तर खस्किएको निचोड निकाल्ने गरेका छन् । मेरो विचारमा यसका एक मात्र नभएर बहु कारण छन् । विद्यार्थीको मूूल्यांकन परिपाटी, प्रश्नपत्र, पाठ्यक्रमदेखि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण राम्रोसँग नियाल्नुपर्ने पाटा हुन् ।
विद्यार्थी अनुुत्तीर्ण हुुनासाथ सिकाइमा औंला ठड्याइ हाल्ने प्रचलन हाम्रो छ । विद्यार्थी अनुत्तीर्णका अन्य कारण पन्छाएर शिक्षकलाई मात्र दोषारोपण गर्नु वस्तुनिष्ठ विश्लेषण होइन ।
‘तीन घण्टाको परीक्षाले विद्यार्थीको मूूल्यांकन हुँदैन’
हामी सक्षमतामा आधारित पाठ्यक्रम प्रयोग गरीरहेका छौं तर के हामीले सोधेका प्रश्नले विद्यार्थीको सक्षमता जाँचेको छ त ? विद्याथीले सक्षमताको आधारमा परीक्षा दिनुपर्ने हो । तर के हाम्रो प्रश्नपत्रले त्यो सक्षमता जाँच गर्यो त ?
प्रश्नहरू पेचिला र उत्तिकै सामयिक भए पनि हामीले यसमा कमै ध्यान दिने गरेका छौं । अर्कोे, हाम्रो विद्यार्थीले वर्षभरि पढेर तीन घण्टाको परीक्षा दिन्छन् । त्यसकै आधारमा विद्याथीलाई उत्तीर्ण वा अनुत्तीर्ण गराइन्छ । एक वर्ष पढेको कुरालाई तीन घण्टामा लेख्न लगाएर पास/फेल भन्नु कति उपयुक्त होला ?
पाठ्यक्रम विकास केन्द्र र परीक्षा बोर्डले शिक्षालाई समयानुकूल परिमार्जन गर्न जति प्रयास र प्रयत्न गरेका छन्, त्यति शिक्षक उत्पादन गर्ने विश्वविद्यालयले गरेका छन् कि छैनन् ? उठाउनुपर्ने अर्को यक्ष प्रश्न यो हो । तर अफसोच, हामी हाम्रो शिक्षण विधि र सिकाइमा मात्र अल्झिएर समस्याको बहुआयामिकतालाई नजरअन्दाज गरिरहेका छौं ।
आन्तरिक मूल्यांकनमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई अधिकार प्रत्यायोजन गरे पनि त्यसको सदुपयोग भएको छैन । विद्यार्थीको सिकाइअनुुसारको आन्तरिक मूल्यांकन गर्नुपर्नेमा त्यसो भएको पाइँदैन । शिक्षकहरूले विद्यार्थीको क्षमता हेरेर आन्तरिक मूल्यांकन गरिदिने हो भने परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रले समेत विश्वास गर्ने वातावरण बन्थ्यो । शिक्षकको आन्तरिक मूल्यांकन र बाह्य मूल्यांकनको योगफलबाट नतिजा निकाल्ने परिस्थिति सिर्जना हुँदा त्यो अझ भरपर्दो हुुन्थ्यो । तर यी विषयले अझैसम्म राज्य र सरोकारवालाको ध्यान तान्न सकेको देखिँदैन ।
समस्या शिक्षकमा कि सिकाइमा
शिक्षकले चाहेमा सिकाउन सक्छन् भन्ने हाम्रो सोचाइ छ । त्यही भएर विद्यार्थीको असफलताको दोष आँखा चिम्लिएर शिक्षकलाई दिइन्छ । हाम्रा विश्वविद्यालयले सिकाइ गर्न सक्ने विद्यार्थी उत्पादन गरे कि गरेनन् ? गाँठी प्रश्न यो हो । तर मूल प्रश्नबाट अलग्गिएर शिक्षकले पढाउँदै पढाएनन्, सिकाएनन् भनेर आरोपित गर्ने, लाञ्चित गर्ने नकाम भइरहेको छ । शिक्षकमाथि यसरी आक्षेपित गरिरहँदा विश्वविद्यालयले चाहिँ कति सक्षम जनशक्ति उत्पादन गरे भनेर प्रश्न गर्नुपर्ने हो । अफसोच, यस्तो प्रश्न उठाउने लेठो कतिपयले गरे पनि धेरैको नजर यो यथार्थमा पर्न सकेको छैन ।
विश्वमा शिक्षा, शिक्षण विधि र पाठ्यक्रम समायानुुकूल परिवर्तन भइरहेका छन् । यो वैश्विक पदचाप पछ्याएर पाठ्यक्रम विकास केन्द्र र परीक्षा बोर्डले प्रयास गरेको देखिन्छ । पाठ्यक्रम विकास केन्द्र र परीक्षा बोर्डले शिक्षालाई समयानुकूल परिमार्जन गर्न जति प्रयास र प्रयत्न गरेका छन्, त्यति शिक्षक उत्पादन गर्ने विश्वविद्यालयले गरेका छन् कि छैनन् ? उठाउनुपर्ने अर्को यक्ष प्रश्न यो हो । तर अफसोच, हामी हाम्रो शिक्षण विधि र सिकाइमा मात्र अल्झिएर समस्याको बहुआयामिकतालाई नजरअन्दाज गरिरहेका छौं ।
हाम्रो विद्यार्थीले वर्षभरि पढेर तीन घण्टाको परीक्षा दिन्छन् । त्यसकै आधारमा विद्याथीलाई उत्तीर्ण वा अनुत्तीर्ण गराइन्छ । एक वर्ष पढेको कुरालाई तीन घण्टामा लेख्न लगाएर पास/फेल भन्नु कति उपयुक्त होला ?
मेधावीले कहिले पढ्लान शिक्षा शास्त्र ?
हाम्रोमा राम्रो अंक ल्याएर एसईई उत्तीर्णले विज्ञान, व्यवस्थापन, मानविकी अध्ययन गर्छन् भने शिक्षाशास्त्र संकायचाहिँ कम अंक ल्याएकाले रोज्छन् । एसइईमा राम्रो अंक पाएका विद्यार्थी शिक्षाशास्त्र संकायप्रति रुचि नै राख्दैनन् । समाजले पनि ‘शिक्षण अन्य विषय पढ्न नसकेकाले अगाल्ने पेशा हो’ भन्ने भाष्य जबरजस्त स्थापित गरिदिएको छ । मेधावी विद्यार्थीको रोजाइमा शिक्षा शास्त्र नपर्नुका कारण कैयन् भए पनि जडचाहिँ यही हो ।
शिक्षा शास्त्र संकायले गुुणस्तर प्रतिस्पर्धा गर्न सक्ने अब्बल विद्यार्थी नपाउने अवस्था अहिले छ । साँच्चै गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने हो भने राम्रा विद्यार्थीलाई शिक्षा शास्त्रतर्फ आकर्षित गर्न सक्नुपर्छ । जब शिक्षा शास्त्रले क्षमतावान् विद्यार्थी पाउनेत तब योग्य शिक्षक उत्पादन भएर समग्र शिक्षाकै गुणस्तर माथि उकासिनेछ ।
विद्यार्थीलाई पढाउने शिक्षक नै सक्षम र योग्य छैनन् भने भविष्यमा कस्ता नागरिक उत्पादन होलान् ?
विद्यार्थीलाई पढाउने शिक्षक नै सक्षम र योग्य छैनन् भने भविष्यमा कस्ता नागरिक उत्पादन होलान् ? यो गम्भीर प्रश्नमाथि विमर्श र मन्थन गर्न ढिला भइसकेको छ । अब कम अंक ल्याएकाको मात्र होइन, ४ जिपिए ल्याएकाको पनि आकर्षणको केन्द्र शिक्षा संकाय हुुनुपर्छ । त्यसका लागि राज्यले पनि शिक्षकलाई सम्मान दिन, आकर्षक पेशाका रूपमा स्थापित गर्न कन्जुस्याइँ गर्न हुँदैन ।
शिक्षकको सम्मानका लागि तलब बढाउनु पर्ने कुरा प्रायः सुनिन्छ । तर मलाई शिक्षकको सम्मान बढ्न तलब नै बढाउनु पर्छ भन्ने लाग्दैन । पैसाबिना पनि यो पेशाको मर्म बढाउन सकिने धेरै आधार छन् । जस्तो कुुनै शिक्षक सरकारी कार्यालयमा जाँदा उहाँले लाइनमा बस्नुु नपर्ने व्यवस्था गर्न सकिन्छ । यसबाहेक अन्य अरू धेरै विकल्प प्रयोग गरेर पनि शिक्षकको सम्मान उकास्न सकिन्छ । राज्यले शिक्षकको मूल्य र सम्मान गर्दा जिपिए ल्याउँदै गरेको विद्यार्थीले शिक्षण पेसामा जाने आँट गर्न सक्छ । नेपालमा समस्या शिक्षकमा भन्दा पनि विद्यालयमै छ । विश्वविद्यालयको अहिलेको तौरतरिकाले उत्पादित शिक्षक कक्षाकोठामा उभिन सक्दैनन् । यदि हाम्रा विश्वसवद्यालयले नै गुणस्तरीय शिक्षक तयार गर्ने हो भने पाठ्यपुुस्तकको मात्र भर पर्ने शिक्षक हुुँदैनन् ।
(लामिछाने युुलियन्स स्कुुल प्रध्यानाध्यापक हुन्)
प्रतिक्रिया