मालपोतका नासु भ्रष्टाचारी ठहर

काठमाडौं । कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल भ्रष्टाचारी ठहर भएका छन् । जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार घुससहित पक्राउ परेका उनलाई बिशेष अदालतले बिहीबार दोषी ठहर गरेको हो ।
गत २४ बैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो । अदालतले उनलाई एक महिना कैद सजाय सुनाएको छ । उनी २२ दिन अख्त्यिारको हिरासतमा बसेका थिए ।
प्रतिक्रिया