‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव !’

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी राँको बनेर आउने बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा सकिन्छ भन्ने नसोच्न चेतावनी दिए। ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव। ०७९ मा झिल्को बन्यौँ, ०८४ मा राँको बनेर आउँछौँ।’
कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनबाट जनताले केही पाउन नसक्ने भन्दै उनले बाँकी तीन वर्ष बाँडीचुँडी खाने मात्र भएको उनको टिप्पणी छ ।
‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुनेछैन,’ उनले भने, ‘हदै भए, बाँकी तीन वर्ष बाँडीचुँडी खानुहोला, ०८४ मा त घण्टी बज्छ–बज्छ।’उनले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए। ‘हुँदै नभएको प्रमाण १२–१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छोड्थे? अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकि, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने।
पार्टीमा काम गर्नेहरूले जनताको एजेन्डा बोक्नु पर्ने धारणा राखे। उनले भने, ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइँदैन। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ। घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेन्डा बोक्नुपर्छ।’
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया