निजामतीमा सर्वाेत्कृष्ट कर्मचारी भेटिएन, १० जनालाई उत्कृष्ट कर्मचारीको पुरस्कार दिने निर्णय

काठमाडौैं । निजामती प्रशासनमा यो वर्ष सर्वाेत्कृष्ट कर्मचारी छान्न सरकार असफल भएको छ । शनिबार मनाउन लागिएको निजामती सेवा दिवसको अवसरमा सरकारले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार मात्र दिने भएको छ ।
निजामती सेवा नियमावलीमा दुई लाख राशीको सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कार दिने उल्लेख छ । त्यस्तै, १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय शुक्रबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । त्यस्तै निजामती सेवा पुरस्कारका लागि अन्य ३० जना छनोट भएका छन् । तर, उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शनिबार निजामती सेवा दिवस मनाउन लागिएको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया