नेप्सेमा किन भइरहेको छ तीव्र उतारचढाव ?
काठमाडाैं । झण्डै तीन वर्ष ओरालो लागेको सेयर बजार पछिल्लो केही महिनायता उच्च अंकले उकालो लाग्यो । नयाँ सत्ता समिकरण त्यसमा पनि अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै पुँजीबजारमा रौनकता छाएको हो ।
यसअघि विसं २०७८ सालमा उच्च विन्दु अर्थात ३१ सय ३९ मा पुगेर निरन्तर खस्किएको पुँजीबजार १८ सय विन्दुसम्म पुगेको थियो । त्यसयता उकालो लाग्न नसकेको सेयरबजार असार ३१ मा विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त हुन र त्यसलगत्तै लचिलो मौद्रिक सार्वजनिक भएपछि बजारले नयाँ लय समातेको हो ।
बजार जुन हिसाबले बढ्दै गयो त्यो अनुरुप स्थिरता भने छैन । पुँजीबजारमा ठूलो भोलाटिलिटी (अस्थिरता) देखिएको छ । साउन महिनामा केही दिनबाहेक बाँकी दिन नेप्सेमा निरन्तर वृद्धि देखियो, मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से ११३ दशमलव ४२ अंकले बढेर २६८१ को विन्दुमा पुगेको थियो । त्यसकै भोलिपल्ट नेप्सेमा करेक्सन देखियो । साउन १४ गते २०.४६ अंकले घटेर २६६१ को विन्दुमा झर्यो । साउन १६ नेप्से ६४ दशलमव २५ अंकले बढेर २७६० को विन्दुमा पुग्यो । साउन ३१ मा हालसम्मकै उच्च विन्दु तीन हजार ८१ को विन्दुमा पुग्यो । त्यसयता सेयर बजार घट्ने र बढ्ने क्रम चलिरहरको छ । अहिले बजार २७÷२८ सय विन्दुमा छ ।
नेप्से इन्डेक्समा जुन किसिमले अस्थिरता देखिएको छ यसलाई स्वभाविक अस्वभाविक रुपमा लिनेहरु उत्तिकै छन् । अहिलको अवस्थामा देशको अर्थतन्त्र र कम्पनीको अवस्थामा कुनै परिवर्तन नहुनु तर नेप्सेमा ठूलो उतारचढाव देखिनु पुँजीबजारको लागि राम्रो संकेत नभएको धेरैको धारणा छ ।
चार्टर्ड अकाउन्टटेन्ट ध्रुव अधिकारी बजारमा उतारचढाव देखिनुको मुख्य कारण ‘क्यास फ्लो’ लाई जोड दिन्छन् ।
छोटो अवधिमा बजार उच्च विन्दुले बढ्दा लगानीकर्ताहरु विशेषगरी कारोबारीको भीड बढेको छ । भीड बढ्नसाथ कारोबार रकम खुम्चिन पुगेको अधिकारको भनाइ छ ।
सिए अधिकारी अहिलेको बजार उतारचढावलाई अस्वभाविक रुपमा लिनुहुन्छ, उहाँका अनुसार अहिले सेयर बजार ‘हर्ट मेन्टालिटी’मा चल्ने र यही मेन्टालिटी बोकेर बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताको लगानी जोखिममा पर्ने भएकाले सचेत हुनुपर्ने सुझाव दिन्छन् ।
लगानीकर्ता श्रीधर पोखरेल बजारको उतारचढाव सधै एकैकिसिको नहुने र अहिलेको नेप्से इन्डेक्सलाई स्वभाविक लिनुपर्ने विचार राख्छन् ।
अर्का लगानीकर्ता हरिप्रसाद मैनाली पनि नेप्से इन्डेक्स तलमािथ हुनुलाई स्वभाविक रुपमा लिन्छन् । उनी नेप्से घटबढ हुनुमा सरकारको नीति नियमले पनि ठूलो प्रभाव पार्ने बताउँछन् ।
आफ्नै लयमा हिडिरहेको बजारलाई बीचमा सरकार या कुनै राजनैतिक दलले अवरोध सिर्जना गर्दा बजार खुम्चिने र घटबढ हुने विचार लगानीकर्ता नानिबाबु खरेलको छ ।
सेयर बजारको हालको अवस्था, नेप्से इन्डेक्समा देखिएको उतारचढाव, लगानीकर्ताले ध्यान दिनुपर्ने कुरालगायत विषयमा केन्द्रित भएर बजार जानकर देव गुरागाइँसँग नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले गरेको कुराकानीको पूरा भिडियो तल हेर्नुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया