NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १२ गते

नेपालजस्तो मुलुकमा किन चाहिन्छ हरित लगानी ? 

काठमाडाैं । जलवायु परिवर्तन अहिले संसारकै मुख्य चुनौतीको रुपमा देखा परेको छ । यसको असरले गर्दा बाढी, पहिरो,अनियमित वर्षा, वन डडेलो लगायत विनासकारी संकट नेपालले पनि भोगिरहेको छ ।

बढ्दो औद्योगीकीकरण तथा जिवश्मा इन्धनको प्रयोगले हरितगृह अर्थात ग्रिनहाउस ग्यासको उत्सर्जन बढीरहेको छ । जसले गर्दा जलवायु परिवर्तनले तीव्रता पाएको छ । नेपालको औसत वार्षिक तापमान प्रतिवर्ष अधिकतम ०.०६ डिग्रि सेल्सिय र न्युनतम ०.००२ ले बढीरहेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ । जसले पानी पार्ने प्रणाली तथा मौमममा समेत परिवर्तन देखिएको छ । यसले व्यक्तिको जीवनयापनमा मात्र नभई जनधनमासमेत क्षति पुर्याएको छ ।

नेपाल जैविक विविधताले धनि देश मानिन्छ भने कृषिमा पनि नेपालको हिस्सा ठुलो छ । तर जलवायु परिवर्तनसँगै बढेको तापमानले नेपालका वनजंगलमा खडेरी र डढेलो लाग्दा रुखविरुवा सकिदैछन् । अर्कातिर हानिकारक विषादी, संक्रामक प्रजातिले जमिनको माटोको संरचना कमजोर बनाउँदा पहिरोको जोखिम पनि उत्तिकै बढाएको छ ।

एशियाली विकास बैंकको अध्ययनले नेपालले २०५० सम्ममा जलवायु परिवर्तनका कारण वार्षिक जीडीपीको २.२ प्रतिशत गुमाउने देखाएको छ । त्यसैले अहिले हरित लगानीमा जोड दिनुपर्ने अवस्था छ । हरित लगानीको अवधारणा विश्वव्यापी बढीरहेको समयमा नेपालमा पनि यसको चर्चा चुलिएको छ ।

वातावरणको संरक्षण र जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न गरिने लगानी नै हरित लगानी हो । यस अन्तर्गत प्राकृतिक स्रोतहरुको संरक्षण, कार्बन उत्सर्जन, र दिगो विकासका परियोजनाहरुमा लगानी गरिन्छ । जसले दीर्घकालीन रूपमा वातावरण र अर्थतन्त्र दुवैलाई फाइदा पुर्याउँछ । हरित लगानी गर्दा वातावरणको संरक्षणसँगै अर्थतन्त्रसमेत सुुधार हुने जानकार बताउँछन् ।

नेपाल जलवायु परिवर्तन र प्राकृतिक विपत्तिको जोखिममा रहेको देश हो । वर्षेनी आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले निम्त्याउने क्षतिले यस्तै देखाउँछ । हरित लगानीले यस्ता प्राकृतिक स्रोतको संरक्षण गरेर दिगो रुपमै वातावरण सन्तुलित बनाउनुका साथै जलवायु परिवर्तनका समस्याबाट जोगाएर अर्थतन्त्र सबल बनाउँछ । यसले दिगो विकासको लक्ष्यसमेत भेट्टाउन सहयोग पुयाउँछ ।

कुुरा पैसाको नयाँ अंकमा यस पटक हरित लगानी र यसको महत्वबारे छलफल गरिएको छ । कार्यक्रम प्रस्तोता भुवन दहालले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीसँग गरिएको छलफलको पूरा भिडियो तलको लिंकमा गएर हेर्न सकिन्छ :