NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

अवकाशपछिको जीवन सुखमय बनाउन अहिलेदेखि नै गर्नुपर्ने काम

मानिस शारीरिक रूपले सधैं क्रियाशील रहन सक्दैनन् । समय बित्दै जाँदा उसको जीवन पनि परिर्तन हुुँदै जान्छ । व्यक्ति युुवावस्थामा जति फुर्तिलो रहन्छ उमेर ढल्कँदै जाँदा उति नै शिथिल हुँदै जान्छ । त्यसैले निश्चित उमेर रेखा पार गरेपछि विश्राम लिने गरिन्छ । त्यसलाई चलनचल्तीको भाषामा अवकाश भनिन्छ ।

अवकाशको उमेर सबैतिर एउटै हुँदैन, फरक फरक हुन्छ । काम गर्ने क्षेत्र, देशको आर्थिक, सामाजिक नियमअनुसार कतै बढी त कतै कम हुन्छ । यद्यपि, सामान्यतया ५८ देखि ६५ वर्षको समयलाई अवकाशको उमेर मानिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा निजामती सेवाका कर्मचारीको अवकाश उमेर ५८ वर्ष तोकिएको छ । तर विद्यालयमा त्यही अवकाश उमेर ६० वर्ष निर्धारण गरिएको छ ।

वृद्धाश्रम जेष्ठ नागरिक अथवा अवकाशप्राप्त उमेरका व्यक्तिहरूको जीवन सहज बनाउनकै लागि खुुलेका हुुन् । यसलाई हामीले सकारात्मक ढंगले सोचेर यस्ता स्थानमा अझ राम्रा र प्रोत्साहन दिने गतिविधि गर्न आवश्यक छ

अवकाशपछिको आर्थिक योजना

अवकाशपछिको जीवन व्यवस्थापन गर्नुु अपरिहार्य र चुुनौतीपूर्ण छ । जसले तपाईंको अवकाश योजनामा महत्त्वपूर्ण भूमिका निभाउँछ । जागिरे जीवनको सुरुदेखि नै बचत गर्ने बानी विकास गर्न सके अवकाशपछिको जीवन अभावबिना सुखमय ढंगले व्यतीत गर्न सकिन्छ ।

उमेर छउन्जेल व्यक्तिले बुुढ्यौलीको बारेमा अलिकति पनि हेक्का राखेको पाइँदैन । तर जब वृद्धावस्था ढल्कँदै जान्छ तब बचतको महत्त्व थाहा हुुन्छ । यसले अझ बढी चुुनौती थपिएको देखिन्छ । यसकारण पनि शारीरिक र मानसिक रूपमै स्फूर्त हुुँदा नै हामीले भविष्यको चिन्ता गर्नुु जरुरी छ ।

नेपालको सन्दर्भमा कुुरा गर्दा धेरै जना स्नातक तह उत्तीर्ण गरेपछि पेसा व्यवसायमा प्रवेश गर्नुुहुुन्छ । यदि हामीले २० वर्षको उमेरबाटै अवकाशपछिको बारेमा सोच्ने हो भने यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ ।

रकम व्यवस्थापन

अवकाशपछि कति पैसा जरुरी हुुन्छ भन्ने विषय व्यक्तिले अपनाउने जीवनशैलीमा निर्भर रहन्छ । यसमा व्यक्तिको स्वास्थ्य, इच्छा आकांक्षा, पारिवारिक वातारणलगायतको भूमिका हुन्छ । अहिलेको सन्दर्भमा उभिएर हेर्दा महँगी दिनानुदिन बढिरहेको छ । यही अनुुपातमा मुुद्रास्फिति बढ्दा पछि पनि त्यहीअनुसार जीवनयापन खर्चिलो बन्छ । वस्तुुको मूूल्य बढ्दा पैसाको मूूल्य घट्छ । अहिलेबाटै पछि हुुने महँगीको कल्पना गरेरै बचत गर्दा आगामी दिनमा मुुद्रा स्फितिले पार्ने प्रभाव सन्तुुलन गर्न सकिन्छ । अवकाश जीवन व्यवस्थित बनाउन चाहिने मुुख्य कुुरा पैसा हो । त्यसैले आयआर्जन गर्न सक्ने क्षमता रहँदा १० देखि १५ प्रतिशत रकम जोगाउनुु पर्छ । यो अभ्यासले अवकाशपछिको जीवन व्यवस्थित बनाउन सकिन्छ ।

अवकाशपछि खर्चको ढाँचासमेत परिवर्तन हुुन्छ । अवकाशपछि व्यक्ति कामको बोझबाट पूर्ण रूपमा बाहिर निस्केको हुन्छ । उसलाई कतै जान, धार्मिक क्षेत्रमा यात्रा गर्न वा केही पुुण्यको काम गर्न इच्छा हुुन सक्छ ।

लगानी विविधीकरण

अवकाशपछिको लागि अहिलेबाटै लगानी वा बचत गर्दा अलि बढी मुुनाफा दिने ठाउँमा लगाउनुुपर्छ । लगानीको मुुख्य उद्देश्य त्यसबाट राम्रो प्रतिफल कमाउनु हो । जसले अवकाशपछि खर्च व्यवस्थापनमा सहज होस् । लगानी गर्दा देखासिकी र होहल्लामा लाग्नुु हुुँदैन् । हामीले दुुःख गरेर बुढेसकालको लागि राखेको पैसा जथाभावी लगानी गर्दा यसले भोलिको भविष्य जटिल बनाउन पनि सक्छ । त्यसैले लगानी गर्न लागेको क्षेत्र सुुरक्षित र भरपर्दो छ कि छैन, राम्रोसँग विश्लेषण गरेर मात्र निर्णय लिनुपर्छ । अहिले बाहिरी देशहरूलाई हेर्दा त्यहाँ अवकाशपछिको जीवन व्यवस्थित बनाउन अझ सहज हुुन्छ । पछिल्लो समय युुरोपियन देशहरूमा रिभर्स मोर्गेजको चर्चा अलि बढी भइरहेको छ । भारतमा पनि यो प्रणाली आइसकेको छ । रिभर्स मोर्गेज भनेको उमेर हुुँदा सम्पति जोड्ने र पछि त्यही सम्पति धितोमा राखेर पैसा लिने हो । नेपालमा यो प्रणाली नआए पनि यसको आवश्यकता धेरै छ । यो अभ्यास गर्दा अवकाश व्यवस्थापन अझ बढी सहज हुुन्छ जस्तो मलाई लाग्छ ।

अवकाश जीवन सहज बनाउन पछिल्लो समय वृद्धाश्रमहरू धेरै नै खुलेका छन् । वृद्धाश्रम भन्ने बित्तिकै हाम्रो मनमा नकारात्मक सोच आउँछन् । बुुढेसकालमा कसैले हेरविचार नगर्दा वा सहाराविहीन हुुँदा मात्र आश्रम जानुुपर्छ भन्ने गलत भाष्य स्थापित छ । तर यो गलत हो । यसलाई सकारान्त्मक नजरियाले हेर्न जोड दिनुुपर्छ । वृद्धाश्रम जेष्ठ नागरिक अथवा अवकाशप्राप्त उमेरका व्यक्तिहरूको जीवन सहज बनाउनकै लागि खुुलेका हुुन् । यसलाई हामीले सकारात्मक ढंगले सोचेर यस्ता स्थानमा अझ राम्रा र प्रोत्साहन दिने गतिविधि गर्न आवश्यक छ । सरकारले नै यसको व्यवस्थापनको अभ्यास गर्दा अवकाश जीवन अझ बढी सहज बन्नेछ ।

अवकाशपछिको सक्रियता

अवकाश जीवनमा आफूलाई शारीरिक र मानसिक दुुवैतवरले क्रियाशील राख्न कोसिस गर्नुुपर्छ । हामीले जागिरेजीवनमा भोगेका भोगाइ अनुुभवहरू व्यवस्थापन गर्न यो समय उत्तम हो । युुवावस्थामा हामीले सिकेका–जानेका अनुुभव पुुस्तान्तरण गर्दा यसले हाम्रो ज्ञान–सीपको पुुस्तान्तरण हुुन्छ । यी कुुरामा अवकाशप्राप्त व्यक्ति क्रियाशील हुुन जरुरी छ । अर्को बढ्दो उमेरमा व्यक्ति चिन्ता र भयको सिकार पनि हुुन्छ, मनमा बढी कुुरा खेल्न सक्छन् । त्यसैले मानसिक रूपमा तन्दुुरुसत रहन, योग ध्यानमा केन्द्रित हुुनुुपर्छ । यसले चिन्ताको व्यवस्थापन त गर्छ नै व्यक्ति मानसिक रूपले स्वस्थसमेत हुुन्छ । रमाइलो ठाउँमा घुुम्ने, जीवनका भोगाइहरू लिपिवद्ध गर्ने जस्ता कुुरामा अवकाश जीवन बिताउनुु उपयुुक्त हुुन्छ ।

(अधिकारी वित्तीय साक्षरता प्रशिक्षक हुन् ।)

ताजा अपडेट

नेपालवाच विशेष