सेयर बजारको जोखिमबारे बुझ्ने कि ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या बढदो छ । यसमा पनि बजारबारे ज्ञान हुने लगानीकर्ता भन्दा अरुको लहलहैमा लागेर बजारमा प्रवेश गर्ने लगानीकर्ता बढी छन् । अझ सामाजिक सञ्जालमा फैलिने अफवाहको प्रभाव त लगानीकर्तामा अधिक देखिन्छ ।
सिडिएस एण्ड क्लियरिङ तथ्यांक हेर्दा ५६ लाख ८ हजार ८९५ जनाको मेरोसेयर खाता छ । यसमा पनि ३८ लाख ५ हजार ७४७ जनाको मेरो सेयर खाता सक्रिय छ । तथ्यांक अनुसार सेयर बजारमा सूचिकृत सेयर संख्या अहिले १३ अर्ब ९७ करोड १४ लाख ४८ हजार ७३५ छ ।
सेयर बजारमा पैसा कमाउने प्रलोभनमा लगानी गर्दा धेरै लगानीकर्ताको पैसा डुबेका समेत छन् । प्राथमिक भन्दा दोस्रो बजारमा कारोबार गर्दा जोखिम उच्च हुन्छ । बजारप्रतिको ज्ञानबिना नै लगानी गर्दा यसले थप जोखिम निम्त्याउने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयाँल बताउँछन् ।
लगानीकर्ताले लगानी गर्दा आफैले कम्पनीको छनौट र अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने नेपालवाचको कार्यक्रम कुरा पैसाकोमा उनले सुनाए । ‘हामीले बजारमा जोखिम छ भनेर नै बुझाउनुपर्छ । बजारमा पैसा फस्न सक्छ यसमा लगानी गर्नुअघि धेरै सोच्नुपर्छ भनेर लगानीकर्तालाई बुझाउन जरुरी छ’ कार्यक्रममा उनले भने ‘कसैले भन्दैमा आफ्नो दु:खको पैसा लगानी नगर्नुहोस्, अहिले सामाजिक सञ्जालमासमेत यो कम्पनीमा लगानी गर्नु र त्यसमा नगर्नु भन्ने होडबाजी चलेको छ ।’
वित्तिय साक्षरमा कमजोर लगानीकर्ता
सेयर बजारमा लगानी गर्दा बजारको उतारचढाव, कम्पनीको वित्तिय अवस्थालगायतका बारेमा अध्ययन गर्न अति आवश्यक हुन्छ तर अहिले लगानीकर्ता सबल वित्तिय अवस्था भएको भन्दा जुन कम्पनीको वित्तिय विवरण कमजोर छ त्यसमै बढी लगानी गरिरहेका छन् । ‘वित्तीय अवस्था एकदम कमजोर भएका कम्पनीमा लगनाीकर्ताले अझ धेरै लगानी गरेको देखिन्छ । जसले धेरै लगानीकर्ता फसेका र डुबेका छन् ।’
प्रबन्धक फुयाँल हाम्रा लगानीकर्तामा वित्तिय साक्षरताको कमी भएको औल्याउँछन् । यसमा नेप्से, सेबोन, ब्रोकर र मर्चेन्ट बैंक सबैको कमजोरी रहेकोसमेत उनी ठान्छन् । लगानीकर्ता आफै सूसुचित हुन जति जरुरी छ त्यति नै साना लगानीकतालाई जोगाउने जिम्मेवारी सम्बन्धित निकाय भएको उनले बताए । उपत्यकाभन्दा अझ विशेष गरी बाहिरका लगानीकर्तालाई पुँजीबजार क्षेत्रबारे बुझाउनुपर्ने उनको भनाइ छ । ‘नेप्सेले काठमाडौंभित्रका विद्यालय तथा कलेजमा वित्तिय साक्षरता कार्यक्रम गर्दै आएको छ ’ उनले भने, काठमाडौं बाहिर चेक्म्बर अफ कर्मस र ब्रोकरहरुसँग मिलेर कार्यक्रम गर्ने गछौं ’
बजारमा भ्रम
प्रबन्धक फुँयाल लगानीकर्ता वित्तिय साक्षरता भन्दा पनि कम्पनीको नाममा केन्द्रित रहेको पाउँछन् । उनले भने, ‘हाम्रा लगानीकर्ताको चाहना कुन कम्पनीमा घाटा वा नाफा हुन्छ त्यसको जानकारी दिए हुन्थ्यो भन्ने छ, । केही व्यक्ति हामीभन्दा अघि नै पुगेर यो कम्पनी किनु र त्यो नकिन्नु भनेरसमेत जानकारी दिन पुगिसेकेका हुन्छन्, यसले थप चुनौती थपिएको छ’ उनले भने ।
लगानीकर्ताले राम्रो वित्तिय अवस्था भएको कम्पनी छानेर लगानी गर्दा यसले पछि प्रतिफल पनि राम्रो दिन्छ । छाटो समयममै बजारबाट फाइदा खोज्दा यसले उच्च जोखिख निम्याउने फुयाँलको भनाइ छ ।
(कुरा पैसाको नयाँ अंकमा उनै फुयाँलसँग दोस्रो बजारका जोखिम, कम्पनीको छनौट, वर्गीकरण, नयाँ स्कट एक्सचेञ्जलगायत पुँजीबजारका आयाममाथि छलफल गरिएको छ । छलफलको पूरा भिडियो तलको लिंकमा गएर हेर्न सकिन्छ )
प्रतिक्रिया