फोनपेको २१ औं एशियन पेमेन्ट नेटवर्क फोरम आयोजना सम्पन्न

काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले एशियन पेमेंट नेटवर्क (एपीएन) को २१औँ फोरमको पहिलो बैठक आयोजना गरेको छ ।
काठमाडौंस्थित हिल्टन होटलमा मे ६–७ मा फोरमको पहिलो बैठक आयोजना गरिएको हो । फोरमको सुरुआत विशेष उच्चस्तरीय भेटघाटबाट भएको थियो, जहाँ एपीएन प्रतिनिधिहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालयमै भेट गरेका थिए। यो उच्चस्तरीय सहभागिताले कार्यक्रममा सरकारको महत्व दर्शाएको थियो र डिजिटल भुक्तानी क्षेत्रमा क्षेत्रीय सहकार्य र नवप्रवर्तनलाई सुदृढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको थियो।
फोरमको पहिलो दिन एपीएन को वार्षिक साधारणसभा सम्पन्न भएको थियो । जसमा प्रमुख कार्यसूचीहरू अन्तर्गत APN चार्टरमा अद्यावधिक, कार्ड र नन-कार्ड सीमापार भुक्तानी पहलहरूको प्रगतिबारे जानकारी, र उप-समितिहरूका नयाँ पदाधिकारीहरूको चयन गरिएको थियो।
प्रमुख नेतृत्व परिवर्तन अन्तर्गत, फिलिपिन्सको BancNet नयाँ अध्यक्ष पदमा चयन गरियो, भने नेपालबाट फोनपे उपाध्यक्ष पदमा चयन गरियो। व्यापार उप-समितिको अध्यक्षमा इन्डोनेसियाको Rintis र उपाध्यक्षमा भियतनामको NAPAS चयन भए। प्राविधिक उप-समितिको अध्यक्षमा नेपालबाट फोनपे र उपाध्यक्षमा चीनको UnionPay चयन भए।
यस्तै, जोखिम उप-समितिको अध्यक्षमा थाइल्याण्डको NITMX र उपाध्यक्षमा इन्डोनेसियाको Artajasa चयन गरिए। मलेसियाको PayNet लाई आगामी कार्यकालका लागि लेखा परीक्षक (Auditor) र सिंगापुरको NETS लाई कोषाध्यक्ष नियुक्त गरियो। फोरमको समापन मे ७ मा ओपन डे सत्रहरूसँगै सम्पन्न भयो, जसमा फ्रड जोखिम व्यवस्थापन, सिकिएका पाठहरू, र सीमापार भुक्तानी एकीकरणसम्बन्धी प्यानल छलफलहरू गरिएका थिए।
यी सत्रहरूमा फोनपेले क्षेत्रीय सहकार्यको आफ्नै अनुभवबाट मूल्यवान जानकारी प्रस्तुत गर्दै सुरक्षित र मापनीय भुक्तानी इकोसिस्टम विकासमा विश्वास, नियामक समन्वय, र प्रविधिको भूमिकालाई जोड दिएको थियो। बैंठकले नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको फोनपेको विश्वास छ । फोनपेका मुख्य कार्यकारी अधिकृत दिवश कुमारले नेपालमा एपीएन फोरम आयोजना गर्नु डिजिटल भुक्तानी क्षेत्रको नेतृत्व क्षमतामा वृद्धिको संकेत भएको बताए ।
‘यो सिकाइहरू साझा गर्ने र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरी समावेशी र सुरक्षित वित्तीय प्रणाली अगाडि बढाउने अवसर हो,” उनले भने ।
यस कार्यक्रममा सदस्य राष्ट्रहरूले डिजिटल भुक्तानी प्रवाह सहज बनाउनका लागि अपनाएका उत्कृष्ट अभ्यासहरू, प्रविधिमा भएका प्रगतिहरू, र रणनीतिहरू आदानप्रदान गरे। यो प्रतिष्ठित कार्यक्रममा एशियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधिहरू भेला भई एशियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारण गर्न जुटेकाे थियाे।
फोरमले एशियाका प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्य, ज्ञान आदानप्रदान, र रणनीतिक संवादको मंच प्रदान गरेकाे थियाे। फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरणहरू, र सदस्य राष्ट्रहरूबीचको डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया