सदनको अवरोध खुलाउन सभामुख-सचेतकबीच छलफल

काठमाडौँ । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।
सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरेका थिए ।
यसैबीच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू नीलो स्कार्फमा संसद प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संसदमा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरे ।
सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताए ।
ताजा अपडेट
-
टी–२० आई क्रिकेटमा करण केसीको १०० विकेट पूरा
-
सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन
-
‘बजेटमा स्वार्थ समूहको प्रभाव देखियो’-पूर्वअर्थमन्त्री पुन
-
कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार
-
इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन बन्द
प्रतिक्रिया