डिहाइड्रेसनले शरीरमा कस्तो असर गर्छ ?
एजेन्सी । डिहाइड्रेसन पानीको कमीले हुने एक गम्भीर अवस्था हो । जसले छोटो अवधिमा र दीर्घकालीन प्रभावहरू निम्त्याउन सक्छ। गर्मीमा पानीको मात्रा हाम्रो शरीरमा बढी चाहिन्छ ।
त्यसैले विशेषगरी गर्मी मौसममा डिहाइड्रेसनको समस्या बढी देखिन्छ । गर्मीमा घामको ताप अत्यधिक हुँदा यसले हाम्रो शरीरमा पसिनाको मात्रालाई पनि बढाउँछ । त्यसैले सबै मानिसहरूलाई दैनिक कम्तिमा तीनदेखि ४ लिटर पानीको आवश्यक पर्छ । तर हामी यस अनुपातमा पानी पिउँदैनौं । जसले शरीरमा डिहाइड्रेसनको समस्या बढेर जान्छ ।
हार्वर्ड हेल्थको रिपोर्ट अनुसार यसको गम्भीर अवस्थाले व्यक्तिमा स्ट्रोकको जोखिम पनि बढाउँछ। लोमा लिन्डा युनिभर्सिटीमा गरिएको एक अनुसन्धानमा दैनिक कम्तीमा पाँच गिलास पानी पिउनाले स्ट्रोकको जोखिम ५३ प्रतिशतले कम गर्न सकिने उल्लेख गरिएको छ ।
जोन्स हप्किन्स अस्पतालका विज्ञहरूले एक प्रतिवेदनमा स्ट्रोकका बिरामीहरूमा डिहाइड्रेसन भएमा उनीहरूको स्वास्थ्यमा चार गुणासम्म जोखिम बढ्ने बताएका छन् ।
डिहाइड्रेसनले रक्तनलीको इन्डोथेलियल कार्यमा बाधा पु-याउने, रगतको प्रवाहमा समेत बाधा पुग्ने भएकाले स्ट्रोक र मुटुसम्बन्धी रोग लाग्ने खतरा निम्त्याउने अनुसन्धानकर्ताहरू बताउँछन् । त्यसैले यी अध्ययनहरूले सबैले सामान्य स्तरको हाइड्रेसन कायम राख्ने हो भने यसले हृदय रोगको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सुझाव दिएका छन्।
डिहाइड्रेसनको कमीले लामो समयसम्म पिसाब नलीमा संक्रमण , मृगौलाको पत्थरी र मिर्गौला फेल हुन सक्न जोखिम पनि अत्यधिक हुन्छ । शरीरमा पानीको कमी हुनुको सबैभन्दा ठूलो साइड इफेक्ट मृगौलामा पर्छ, त्यसैले शरीरलाई हाइड्रेटेड राख्न पानी पिउन आवश्यक छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया