अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अमेरिकी अदालतमा विभिन्न ३४ आरोपसहित मुद्दा खेपिरहेका ट्रम्पलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिबिसीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प पक्राउ परेको लेखेको छ ।
अमेरिकी अदालतमा गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायत ३४ आरोप लगाउँदै ट्रम्पविरुद्ध मुद्दा दायर भएको छ । आफूमाथिका आरोप अस्वीकार गर्दै आएका ट्रम्पले मंगलबार मात्रै आत्मसमर्पण गरेका थिए । यही प्रक्रियाका कारण उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पलाई अहिले प्रहरी हिरासतमा राखिएको बताइएको छ । पक्राउ परे पनि उनीमाथि हत्कडी भने लगाइएको छैन ।
प्रतिक्रिया