ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको एयरनेस्टीको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
अस्पताल प्रशासनले हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको जनाएको छ ।
हेलिकप्टर बिरामी लिने प्रयोजनार्थ चितवन जान विमानस्थलबाट अस्पताल पुगेको थियो ।
दुर्घटनाका क्रममा पाइलटलगायत सबै सकुशल रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया