अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने
वासिंटन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार दलिप सिंहले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्ध थप विस्तार गर्न सक्ने बताएका छन् । यस प्रतिबन्धले रुसको अर्थतन्त्र अझै प्रभावित हुने विश्वास गरिएको छ ।
सिबिएससँगको एक अन्तर्वार्तामा दलीप सिंहले रुस पहिले नै आर्थिक खाडलमा उन्मुख भएकाे र सन् १९८० को दशकको सोभियत जीवन स्तरमा द्रुत गतिमा फर्किँदै गएकाे बताए ।
रुसले जारी प्रतिबन्धका कारण पहिले नै संकटको सामना गरिरहेको छ तर सिंहले यी प्रतिबन्धहरूलाई अझै फराकिलो बनाउन र अन्य क्षेत्रहरूलाई लक्षित गर्न सकिने बताए । वित्तिय संस्थालगायत पहिले प्रतिबन्ध नलगाएका क्षेत्रलाई लक्षित गरिनेछ ।
‘तेल र ग्यासबाहके अन्य क्षेत्र पनि प्रतिबन्धमा समावेश हुनेछन्, म तिनीहरूबारे सटिक जानकारी दिन चाहन्न, पुटिनले ती क्षेत्रहरू के हुन् भनेर थाहा पाउनेछन्,’ उनले भने ।
दलीप सिंहले एक अनुमानका अनुसार यी प्रतिबन्धले रुसको अर्थतन्त्र युक्रेनमाथि आक्रमण गर्नुभन्दा अघिको तुलनामा आधाले घट्ने बताए ।
रुससँग वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध : जेलेन्स्की
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया