शववाहनमा ठोक्किएर भक्तपुरमा मोटरसाइकल जल्यो, एक जना घाइते

काठमाडौं । भक्तपुरमा शववाहनमा ठोक्किएर मोटरसाइकल जलेको छ । घटनामा एक जना घाइते भएका छन् ।
बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल बुधबार बिहान प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहनमा ठोक्किएर आगो लागेको हो । आगलागीबाट मोटरसाइकल पूर्णत जलेको छ ।
आगलागीबाट मोटरसाइकल चालक घाइते भएको र उनलाई उपचारका लागि समिट अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया