समाजवादी प्रेस संगठनमा को को निर्वाचित भए ?

काठमाडौं । नयाँ नेतृत्व चयन गर्दै एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो महाधिवेशन सकिएको छ ।
जेठ २६ र २७ गते काठमाडौँमा सकिएको उक्त महाधिवेशनले विश्वमणि सुवेदीको अध्यक्षतामा केन्द्रीय नेतृत्व चयन गरेको छ । कमिटीका उपाध्यक्षहरुमा नवराज छत्कुली, अस्मिता गिरी, बुद्धवीर बाहिङ राई चयन भएका छन् ।
भौगोलिक उपाध्यक्षमा तीर्थ राज सिग्देल (कोशी), सुभाषप्रसाद साह (मधेश), ध्रुव रायमाझी (बागमती), कृष्णराज गौतम (उपत्यका), तेजप्रसाद वाग्ले (एसोसियट तथा प्रतिष्ठान), श्रीराम सिग्देल (गण्डकी), शंकरप्रसाद पाण्डेय (लुम्बिनी), अनन्त बराल (कर्णाली) र नरेन्द्र भट्ट (सुदूरपश्चिम) निर्वाचित भएका छन् ।
यस्तै, संगठनको महासचिवमा रामकुमार एलन निर्वाचित भएका छन् । उपमहासचिवमा प्रेम गौतम, लेखनाथ खतिवडा (शिकारु) र प्रतीज्ञा बूढामगर चयन भएका छन् । महाधिवेशनले सचिवहरुमा अनिल शाही, शिवप्रसाद ढुंगाना, पूर्णबहादुर कार्की (बद्री), कान्ति न्यौपाने, प्रदीप नेपाली, वृजलाल पासवान र नेपोलियन चेपाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भइन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया