बारको चेतावनी पछि रिहा भए नासु कुट्ने वकिल

काठमाडौं । ललितपुर जिल्ला अदालमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा हिरासतमा रहेका वकिल अमिर लामिछाने साधारण तारेखमा रिहा भएका छन् ।
उनलाई आज जिल्ला प्रशासन कार्यालय ललितपुरले रिहा गरेको हो । हिजो यही घटनाको विरोधमा देशभरका अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म ‘पेन डाउन’ गरेका थिए ।
नेपाल बार एशोसिएसनले भने हिजो एक विज्ञप्ती जारी गर्दै लामिछानेको रिहाईको माग गरेको थियो । उनलाई रिहा नगरे आज देशभरका अदालतमा बहस नगर्ने बारको चेतावनी थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया