जी-७ मुलुकले रुसमाथि थप प्रतिबन्ध लगाए

काठमाडौं । रूस-युक्रेन युद्ध दोस्रो महिनामा प्रवेश गर्दा पश्चिमी शक्तिहरूले रुसको प्रतिबन्धबाट प्रभावित अर्थतन्त्रलाई अस्थिर बनाउने उद्देश्यले नयाँ कदम चालेका छन् ।
बिहीबार अमेरिका र यसका सहयोगीहरूले रूसको रक्षा क्षेत्रलाई लक्षित गर्दै थप प्रतिबन्धहरू घोषणा गरे । उनीहरुले रुसी केन्द्रीय बैंकको सुनसम्बन्धी वित्तिय लेनदेनहरू रोक्का गरेका छन् ।
रुसको सुन प्रयोग गर्ने क्षमतालाई सीमित गर्न यो प्रतिबन्ध डिजाइन गरिएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले सुन रिजर्भ गर्न वर्षौं खर्च गरेका छन् र रुससँग हाल विश्वमा सुनको पाँचौं ठूलो भण्डार छ ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार अमेरिकी व्यक्तिहरूलाई रुसको सुनसँग सम्बन्धित कुनै पनि लेनदेनमा संलग्न हुन निषेध गरिएको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया