बुटवलमा स्कुटर र मोटरसाइकल ठोक्किए, २ जना घाइते

नरसिंह बराल,बुटवल । बुटवलमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
त्रिलोत्तमा नगरपालिकाको नयाँमिल चोकमा आइतबार राति करिब साढे ८ बजे लु ८१ प ९३१ नम्बरको स्कुटर र लु १८ प ८७७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार घटनामा स्कुटर चालक त्रिलोत्तमा निवासी ३७ वर्षीय मञ्जु पन्थी र मोरसाइकल चालक समरमई नगरपालिकाका दीपक यादव घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
दुवै घाइतेको अहिले बुटवलस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया