रुसले बाल्टिक राष्ट्रका १० कूटनीतिज्ञ निष्कासन गर्यो

मस्को । रुसले तीन बाल्टिक राष्ट्रहरुबाट १० कूटनीतिज्ञलाई निष्कासन गरेको छ । जसमा इस्टोनिया र लात्भियाका तीन तीन जना गरी छ जना र लिथुआनियाका चार कूटनीतिज्ञ छन् । लात्भिया, इस्टोनिया र लिथुआनियाले मार्च महिनाको सुरुमा १० रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।
रुसले पनि यसैको बदलास्वरुप ती कूटनीतिज्ञलाई हटाएको हो । यी तीन वटै देश नेटाेका सदस्य हुन् ।
रुसले युक्रेनमा युद्ध सुरु गरेपछि विश्वका विभिन्न देशले रुसमाथि धेरै प्रतिबन्ध लगाउने, कूटनीतिज्ञलाई देशबाट निकाल्ने गर्दै आएका छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया