सांसद तालिम गर्दा सर्भे गर्न र सरकारकै भवन प्रयोग गर्न सभामुखलाई सुमनाको पत्र

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सांसदको तालिम तथा गोष्ठी गर्दा पहिला सर्भे गर्न र त्यस्ता तालिम आयोजनाका लागि सरकारकै भवन प्रयोग गर्न माग गरेकी छिन् । उनले आज सभामुख देवराज घिमिरेलाई भेटेर उक्त मागसहितको पत्र बुझाएकी हुन् ।
सांसदहरूलाई दिइने यस्ता प्रशिक्षणमा के विषयमा कोबाट तालिम लिने भन्ने विषयमा सांसदहरूको पनि राय बुझ्न उनले सर्भे गर्नुपर्ने प्रस्ताव राखेकी हुन् ।
योसँगै तालिमका लागि स्थलको छनौट गर्दा संसदीय परिसरभित्रैको बैठक हलको प्रयोग गर्न अनुरोध गरेकी छिन् । ‘हामीसँग जावलाखेल स्टाफ कलेज हल र परिसर पनि छ, विश्वविद्यालयहरूका अडिटोरियमहरु छन् जुन हामीले आवश्यक परेको अवस्थामा अनुरोध गर्न सक्छौं,’ उनले बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘तर पनि किन प्रायः कार्यक्रमहरू महंगा तारे होटलमा सञ्चालन गरिन्छ ?’
सरकारले उपलब्ध गराएका पूर्वाधारको प्रयोग गर्दा त्यस स्थलको सरसफाइ र संभार हुनुसँगै बचत भएको रकम थप तालिम गर्न र आवश्यक अनुसन्धानका लागि खर्चिन काम लाग्ने उनको बुझाइ छ । त्यस्ता खोज र अनुसन्धान नीति निर्माणका लागि महत्तवपूर्ण हुन्छन् ।
अर्थतन्त्रमा देखिएको संकतग्रस्त अवस्थामा नागरिकहरू सटर बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । यो अवस्थामा जनप्रतिनिधिहरू भने प्रशिक्षणका लागि सरकारले उपलब्ध गराएको भवन छोडेर तोरे होटलमा जानुले राम्रो सन्देश नजाने उनले स्पष्ट पारेकी छिन् । यस्तो क्रियाकलापले आधारभूत आवश्यकतामा सम्झौता गरिरहेका आम नागरिकमा राम्रो सन्देश नजाने उनको आशय छ ।
सांसदको प्रशिक्षण बजेट खपत गर्नकै लागि मात्रै नहोस् भन्ने पनि उनको अनुरोध छ ।
ताजा अपडेट
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
प्रतिक्रिया