थारु आरक्षणको विवादले लोक सेवाका सबै बिज्ञापन रोकियो

काठमाडौं । थारु आरक्षणसम्बन्धि विवादले लोक सेवा आयोगका सबै बिज्ञापनहरु रोकिएका छन् । यसले हजारौं कर्मचारीको करिअर प्रभावित बनेको छ ।
लोक सेवा आयोगको वार्षि कार्यतालिकाअनुसार असोजको अन्तिम बुधबार सहसचिव र उपसचिवको विज्ञापन हुनुपर्दथ्यो । तर, बिशेष कारणबश भन्दै आयोगले बुधबार सूचना प्रकाशन गरेर बिज्ञापन स्थगित भएको जानकारी दिएको छ । यसबाट सहसचिव र उपसचिवको तयारीमा रहेका कर्मचारीहरु निरास भएका छन् ।
यसअघि सुरक्षा निकायका एक दर्जन बिज्ञापन पनि सूचना प्रकाशन नगरी स्थगित भएका छन् ।
२४ माघ २०७९ मा सर्वाेच्च अदालतले थारु स्वतन्त्र समुदायको रुपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश दिएको थियो । हालका प्रधानन्यायाधीश रहेका तत्कालिन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको इजलाशले ९ महिनाभित्र संघीय निजामती ऐन ल्याउन त्यसमा यो प्रावधान राख्न भनेको थियो । साथै आर्थिक वर्ष २०७९÷८० मा थारु समुदायले छुट्टै आरक्षण नभएकाले त्यसलाई समेत जोडेर यो वर्ष भर्ना गर्न भनिएको परमादेशअनुसार कानून संशोधन हुन सकेको छैन । निजामती मात्र नभई सबै निकायमा यो व्यवस्था लागू गर्ने परमादेशमा उल्लेख छ । फैसलाअनुसार कानुन नबन्दा लोक सेवा आयोगले नयाँ भर्नाको बिज्ञापन निकाल्न सकेको छैन ।
हाल थारु समुदायले आदिवासी जनजाती अन्र्तगत कोटा पाउँदै आएका छन् । तर, संविधानले थारुलाई स्वतन्त्र समुदायका रुपमा मान्यता दिएकाले आरक्षण पनि छुट्टै दिनुपर्ने माग राखी सर्वाेच्चमा रिट परेको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया