गृहमन्त्री श्रेष्ठलाई हृदयघात, चीनमा उपचार हुँदै

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । श्रेष्ठलाई बुधबार बेलुका हृदयघात भएको हो ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको सचिवालयले श्रेष्ठलाई हृदयघात भएको र अहिले अस्पतालमा उपचार भइरहेको जनाएको छ । पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत उनको अवस्था खतरामुक्त छ ।
बुधबार दिउँसोदेखि नै स्वास्थ्यमा असहज महसुस गरेका श्रेष्ठलाई बेलुका कोठामा फर्किएपछि छाती दुख्न थालेको थियो । त्यसपछि लगत्तै अस्पताल लगिएकोमा परीक्षणबाट माइल्ड हर्ट अट्याक भएको पत्ता लागेको हो ।
बिआरआईको कार्यक्रममा सहभागी हुन श्रेष्ठ केही दिनअघि त्यसतर्फ गएका थिए । कार्यतालिकाअनुसार उनी शुक्रबार स्वदेश फर्कंने तय थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया