NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सर्वाेच्चको परमादेशविपरीत प्रहरीमा भर्ना

काठमाडौं । सर्वाेच्च अदालतको परमादेशविपरीत नेपाल प्रहरीले भर्ना खुलाएको छ । सर्वाेच्चले भर्नामा थारु समुदायलाई छुट्टै कोटा तोक्न भनेपनि नतोकीकन शुक्रबार भर्ना प्रकाशित गरिएको हो ।

यसअघि सो परमादेशका कारण भर्ना रोकिएको थियो । तत्काल सर्वाेच्चको परमादेशअनुसार कानुन नबने भएपछि यसरी भर्ना प्रक्रिया अघि बढाइएको छ। प्रहरीले शुक्रबार ९६ इन्सपेक्टर र दुई सय ६० असई पदमा भर्ना प्रकाशित गरेको छ ।

निजामती सेवामा भने आरक्षणको कोटा बाँकी राखेर खुलातर्फ मात्र विज्ञापन गर्न थालिएको छ ।
२४ माघ २०७९ मा सर्वाेच्च अदालतले थारु स्वतन्त्र समुदायको रुपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश दिएको थियो । हालका प्रधानन्यायाधीश रहेका तत्कालिन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको इजलाशले ९ महिनाभित्र संघीय निजामती ऐन ल्याउन त्यसमा यो प्रावधान राख्न भनेको थियो । सो परमादेशको आफु अनुकुल ब्याख्या गरेर भर्ना प्रकाशित गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष