NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १३ गते

नेपाल प्रहरीका एसएसपीको राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)मधुसुदन लुइटेलले अवकाशको दुई साताअघि राजीनामा दिएका छन् ।

प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानमा कार्यरत उनले उमेरहदका कारण अवकाश पाउन लागेका हुन् । राजीनामा स्वीकृतीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । उनको राजीनासँगै प्रहरीमा एसएसपीको पाँच पद रिक्त भएका छन् । अर्का एसएसपी मोहनप्रसाद पोखरेलले पनि १५ मंसिरमा अवकाश पाउँदैछन् ।