NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २६ गते

लेबनानमा नेपाली सैनिकको मृत्यु

काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसन लेबनानमा कार्यरत नेपाली सैनिकको गोली लागेर मृत्यु भएको छ । पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत सिपाही शुवास थापाको माघ १८ गते मृत्यु भएको हो ।

बंकरमा स्ट्याण्डवाइ डिउटीमा रहँदा आँफैले बोकेको हतियारबाट गोली लागी घाइते अवस्थामा उनी फेला परेका थिए । गण हे.क्वा.मा रहेको लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको मृत्यु भएको प्रारम्भिक आँकलन छ । अन्य कारणले मृत्यु भएको हुनसक्नेमा त्यसतर्फ पनि छानबिन भइरहेको नेपाली सेनाले जनाएको छ ।

 

सेनाको बिज्ञप्तीमा भनिएको छ- हाल उक्त मिशन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाई चलीरहेको हुँदा त्यसको Psychological Effect अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भईरहेको छ । हाल UNIFIL मा तैनाथ उक्त गणमा रहेका सकलदर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको र यही फाल्गुणको दोश्रो हप्ताबाट Rotation हुने प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

 

मृत्यु भएका जवानको शव नेपाल ल्याउने प्रक्रिया सेनाले अघि बढाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष