वडा अध्यक्षको निर्देशनमा २ लाख घुस लिदै गर्दा पक्राउ

काठमाडौं । २ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । काठमाडौैंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बस्ने धुब्र बहादुर कडायतलाई आयोगले पक्राउ गरेको हो । उनले चन्द्रागिरी २ का वडाअध्यक्ष भाई कृष्ण तामाङको निर्देशनमा घुस लिएका हुन् ।
व्यवसाय स्थानान्तरणको सिफारिसका लागि वडा अध्यक्ष तामाङले कडायतमार्फत घुस असुलेका हुन् । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार साँझ बलम्बुबाट पक्राउ गरेको हो । यसमा वडाअध्यक्ष तामाङविरुद्ध समेत अनुसन्धन हुने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया