लालीगुरासँग सहकारीका सञ्चालकविरुद्ध मुद्दा दायर, सबै फरार

काठमाडौैं । समस्याग्रस्त सहकारी घोषित लालीगुँरास बहुउदेश्यीय सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ । सहकारीकी एक वचतकर्ताको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले गत साता जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सहकारीको चुच्चेपाटी शाखाकी सदस्य दावा डोमा शेर्पाले एक करोड ६९ लाख रुपैयाँ फिर्ता नगरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले चुच्चेपाटी शाखाका कर्मचारी धुव्र खरेललाई पक्राउ गरी अन्य सञ्चालकलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, उपाध्यक्ष हजुरी बिष्ट, कोषाध्यक्ष अमृत कुमार अर्याल, सञ्चालक कमदबाबा जोशी, आर्या सिंह भण्डारी, पुन्य प्रसाद पोखरेल, बिद्यादेवी पाण्डे र तिमिला रञ्जितविरुद्ध मुद्दा दायर गरेको हो ।
खरेलले आफुसँग एक करोड ६९ लाख लिएको तर खातामा जम्मा नगरेको पीडितको आरोप छ । खरेलले भने आफु सहकारीको कर्मचारी मात्र भएको र संस्थाले पैसा फिर्ता गर्न नसक्दा आफुमाथि ठगीको आरोप लागेको बताएका छन् ।
लालीगुराँस सहकारीमा सर्वसाधरणको सात अर्बभन्दा धेरै बचत फसेको छ । सहकारी विभागले सो सहकारीलाई समस्याग्रष्त घोषणा गरी छानविन गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाको धेरै रकम दुरुपयोग गरी निजी कम्पनीमा लगानी गरेका हुन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया