पोखरामा १२ विदेशी नागरिक पक्राउ

पोखरा । अवैध रुपमा नेपालमा बस्दै आएका १२ जना विदेशी नागरिक पोखरामा पक्राउ परेका छन् । कास्की प्रहरीले बिशेष अप्रेसन चलाई उनीहरुलाई पक्राउ गरेको हो ।
बेलायत, जर्मनी, क्यानडा, चिली, कोष्टारिका, कंगो लगायत देशका नागरिकलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाइएको कास्की प्रहरीका डिएसपी बसन्त शर्माले बताए ।
विदेशी नागरिकहरु पर्यटक भिसामा एक वर्षमा ५ महिनासम्म मात्र बस्न पाउँछन् । तर, कतिपय विदेशीहरु अवैध रुपमा वर्षाै बस्ने गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया