NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते
टी–२० विश्वकप क्रिकेट

अस्ट्रेलियामाथि अफगानिस्तानको सहज जित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले जित निकालेको छ । आइतबार सम्पन्न खेलमा अफगानिस्तान २१ रनले विजयी बनेको हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको अस्ट्रेलिया १९.२ ओभरमा सबै विकेट गुमाएर मात्रै १२७ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । अफगानिस्तानलाई दबाबमा राख्दै म्याक्सवेलले टिमलाई सहजतातर्फ धकेल्ने प्रयास गरे पनि उनीपछिका ब्याटर खासै चलेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रनको योगदान बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका गुलबदिन नाबीले एक्लैले ४ विकेट लिए भने नवी उल हकले ३ विकेट झारे । यसक्रममा मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि गुर्बाज र जद्रानले अर्धशतक बनाए । उनीहरूले क्रमशः ६० र ५१ रन जोडे । करिम जन्नतले १३ रनको योगफल बनाउँदा मोहम्मद नाबीले १० रनको योगदान गरे ।

यसबाहेकका अरू ब्याटरले भने खासै रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।

सुपर–८ मा अफगानिस्तानको यो दोस्रो खेल हो । पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गरेकोमा अफगानिस्तान पराजित भएको थियो । अस्ट्रेलियाले भने सुपर ८ को पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।