प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो

प्रतिनिधि सभाको बैठकको समय फेरि सरेको छ। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै संसद सचिवालयले आजै साढे ५ बजे बस्ने गरी समय तोकेको हो।
यसअघि आज १ बजेलाई तोकिएको बैठक सत्तापक्ष र विपक्षी दलहरुबिच सहमति नजुट्दा सवा ३ बजेलाई सारिएको थियो। सारिएको समयमा पनि बैठक बस्न नसकेपछि पुनः साढे ५ बजेलाई तोकिएको हो।
प्रतिक्रिया