असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।
महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक/फुटपाथ खन्ने स्वीकृति/सहमति नदिइने स्पष्ट पारेको पारेको छ ।
वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर गर्दै महानगरले उक्त निर्णय गरेको हो ।
महानगरको सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक/फुटपाथ खन्न स्वीकृति/सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
ताजा अपडेट
-
इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन बन्द
-
रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
-
सुख्खा पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडकमा साना सवारीसाधन सुचारु
प्रतिक्रिया