NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ३ गते

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बैठक शुरु हुना साथ रास्वपाका सांसदहरुले अवरोध गरेका थिए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै विरोध गरिरहेको छ ।

आजको बैठकमा रास्वपाका सांसदहरु निलो रिबन लगाएर उपस्थित भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन लगाएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।

कांग्रेसको आपत्ति पछि सभामुखले ३० मिनेटका लागि आजको बैठक स्थगित गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष