NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ४ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

आज बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा बस्ने गरि बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिए ।कांग्रेसले जारी संसदको अवरोध र बजेटको विषयमा छलफल गर्न आकस्मिक रुपमा केन्द्रिय समितिको बैठक बोलाएको बताइएको छ ।

यसअघि कांग्रेसको नियमित केन्द्रिय समितिको बैठक असार १५ गतेदेखि बस्ने गरि बोलाइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष