कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।
आज बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा बस्ने गरि बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिए ।कांग्रेसले जारी संसदको अवरोध र बजेटको विषयमा छलफल गर्न आकस्मिक रुपमा केन्द्रिय समितिको बैठक बोलाएको बताइएको छ ।
यसअघि कांग्रेसको नियमित केन्द्रिय समितिको बैठक असार १५ गतेदेखि बस्ने गरि बोलाइएको थियो ।
ताजा अपडेट
-
पूर्वमन्त्री शास्त्रीको निधनमा काँग्रेसले तीन दिन शोक मनाउने
-
प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गर्दै
-
पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
-
वित्तीय विवरण हेरेर यसरी छुट्याउनुहोस् राम्रो/नराम्रो कम्पनी
-
इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु
प्रतिक्रिया