बालेनमाथि फेरि जाइलागे स्थापित : म मेरो २० पुस्ता भन्न सक्छु, उनी सक्छन् ?
काठमाडौं । एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बनेका केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहबारे आज पनि टिप्पणी गरेका छन् ।
आइतबार बालेनले जातीय पहिचान ढाँटेको आरोप लगाएका स्थापितले आज पनि सोही कुरा दोहोर्याएका छन् ।
बालेनले आफ्नो परिचय नदिइ जनतासँग मत मागेको स्थापितको आरोप छ । उनले आज काठमाडौंका मतदातासँग अन्र्तक्रिया गर्नेक्रममा यस्तो आरोप दोहोर्याएका हुन् ।
‘म मेरो २० पुस्ताबारे भन्न सक्छु, म केशव स्थापित, आफूले पनि त भन्नुप¥यो नि ?’, स्थापितले बालेनतर्फ लक्षित गर्दै भने, ‘म को हुँ भन्ने परिचय नै नदिइ भोट माग्न आउन पाइन्छ ?’
आइतबार पनि स्थापितले बालेन काठमाडौंको रैथाने नभएको टिप्पणी गर्दै उनले वास्तविक परिचय लुकाएर मतदाताहरूलाई ठगिरहेको आरोप लगाएका थिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया