बालेनमाथि फेरि जाइलागे स्थापित : म मेरो २० पुस्ता भन्न सक्छु, उनी सक्छन् ?
काठमाडौं । एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बनेका केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहबारे आज पनि टिप्पणी गरेका छन् ।
आइतबार बालेनले जातीय पहिचान ढाँटेको आरोप लगाएका स्थापितले आज पनि सोही कुरा दोहोर्याएका छन् ।
बालेनले आफ्नो परिचय नदिइ जनतासँग मत मागेको स्थापितको आरोप छ । उनले आज काठमाडौंका मतदातासँग अन्र्तक्रिया गर्नेक्रममा यस्तो आरोप दोहोर्याएका हुन् ।
‘म मेरो २० पुस्ताबारे भन्न सक्छु, म केशव स्थापित, आफूले पनि त भन्नुप¥यो नि ?’, स्थापितले बालेनतर्फ लक्षित गर्दै भने, ‘म को हुँ भन्ने परिचय नै नदिइ भोट माग्न आउन पाइन्छ ?’
आइतबार पनि स्थापितले बालेन काठमाडौंको रैथाने नभएको टिप्पणी गर्दै उनले वास्तविक परिचय लुकाएर मतदाताहरूलाई ठगिरहेको आरोप लगाएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया