NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

कोरोना भाइरसबाट पूर्व सांसद चौधरीको मृत्यु

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।कोरोना संक्रमित चौधरीलाई उच्च ज्वरो थियो । ५५ बर्षका उनलाई सास लिन कठिन भइरहेको थियो । चौधरीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।त्यसअघि घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा पनि स्वास्थ्यमा सुधार भएन ।चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुुगेको छ ।