विवादपछि बालुवाटारमा ओली–प्रचण्डबीच भेट

काठमाडाैं । भेट प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटामा भेटवार्ता भएको छ । ‘फूट वा जुट’को अन्तिम कसरमा रहेको नेकपाको भविष्यबारे दुई अध्यक्षबीच सघन संवाद हुने भएकाले यस भेटलाई महत्वका साथ हेरिएको छ । केही समयअघि प्रधानमन्त्री ओलीले पार्टी अलगअलग गर्ने प्रस्ताव ल्याएपछि नेकपा विवाद फुटको संघारमा उभिएको थियो । ओलीले पार्टी निर्णयअनुसार अघि नबढे, विना सहमति मन्त्रीमण्डल पुनर्गठन गरेको तथा नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ओली समूहका सांसदहरुले प्रचण्ड समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपाभित्र धाँजा फाटेको थियो ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया