‘ग्वाटेप’ले : जोकोहीलाई लोभ्याउँछ मोहित बनाउँछ

संसारमा यस्ता ठाउँ हुन्छन् जसको सुन्दरताले जोकोही मोहित हुन्छ, लोभिन्छ । दक्षिण अमेरिकी देश कोलम्बिया घुम्न जाने अधिकांश पर्यटक ‘द रक अफ ग्वाटेप’ मा पुग्न छुटाउँदैनन् । चर्चित ट्राभल साइट ट्रिप अड्भाइजरले पनि कोलम्बियाको ‘द रक अफ ग्वाटेप’ चढ्नुलाई त्यहाँ पुगेपछि गर्नैपर्ने गतिविधिमध्येमा सूचीकृत गरेको छ । करिब दुइ हजार एक सय ३५ मिटर अग्लो चट्टानको प्राकृतिक सुन्दरतालाई भरपूर प्रयोग गरिएको छ । चट्टानलाई मानवनिर्मित सिंढी, होटल तथा रेष्टुरेन्टको सहायतामा रमणीय पर्यटकीय स्थल बनाइएको छ । चुचुरोमा पुग्नुअघि नै त्यहाँबाट वरपरका दृश्य मनमोहक देखिन्छन् । चुचुरोमा पुगेपछि त्यस क्षेत्रको विशाल दृश्यसँगै आँखाले नभ्याउने सुन्दर साना–साना ताल र होचा हरिया पर्वतका दृश्यले जो कोहीलाई लोभ्याउँछन् । ‘द रक अफ ग्वाटेप’मा भर्याङको सहाराले पर्यटक चुचुरोसम्म पुग्न सक्छन् । चुचुरोमा पुग्न ७४० भन्दा सिंढी चढ्नुपर्छ । यो चट्टान कोरडिल्लेरा अक्सिडेन्टल हिमश्रंखला उत्पत्ति हुँदा प्राकृतिक रूपमा ठडिएको थियो । त्यस ठाउँका पुराना बासिन्दाले उक्त चट्टानलाई पवित्र ठान्थे । अहिले भने चट्टान आफैंमा पर्यटकीय स्थल बनेको छ । कोलम्बियाको प्रमुख पर्यटकीय गन्तव्य रहेको त्यस ‘जायन्ट रक’मा मेडेलिन शहरबाट बस चढेरै पुग्न सकिन्छ । यो चट्टान कोलम्बियाका दुई शहर ग्वाटेप र एल पियोलको सिमाना नजिक अवस्थित छ । दुवैले यस च्टटानलाई आफ्नै भू भागमा पर्ने भनेर दाबी गर्दै आएका छन् । कोेरोना महामारीका कारण बन्द भएको कोेलम्बिया पर्यटकका लागि २१ सेप्टेम्बरदेखि खुला गरिएको छ । भिडियाे https://www.youtube.com/watch?v=8L_1_Jj2xYg
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया