कालो बेलुन उडाएर गृहमन्त्रीको विरोध

भरतपुर । चितवनको भरतपुरमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध कालो बेलुन उडाएर विरोध जनाइएको छ। भरतपुर रिजालचोकमा सांकेतिक विरोध स्वरुप कालो बेलुन उडाइएको हो। बेलुनमा लालगद्दार लेखिएको थियो । असंवैधानिक कू का विरुरुद्ध कालो बेलुन उडाएर विरोध गरिएको अनेरास्ववियू केन्द्रीय सदस्य दुर्लभ शाहीले जानकारी दिए । ‘जब राष्ट्रले बलिदान माग्छ तब विद्यार्थीले संघर्षको अग्रणी मोर्चामा रही आफ्नो ज्यानको आहुति दिएका छन्। पौष ५ गते प्रधानमन्त्री केपि ओलीद्वारा गरिएको संसद विघटनका विरुद्ध अनेरास्ववियू सडक बाघ बनी निस्किएको छ’ उनले भने, ‘साथै असंवैधानिक कूका विरुद्ध संघर्षको मैदानमा उत्रिन आम न्यायप्रेमी क्रान्तिकारी विद्यार्थीलाई अपिल गर्दछौं ।’ प्रतिनिधिसभा विघटनपछि थापा ओली समूहतिर लागेका छन् । ओलीको कदम अग्रगामी भएको भन्दै थापाले बचाउ गर्दै आएका छन् ।
प्रतिक्रिया