NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

नेकपा, कांग्रेस र जसपाको मोर्चा छिट्टै बन्न सक्छः योगेश भट्टराई

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले कांग्रेस र जसपाबीच आफ्नो समूहको मोर्चा बन्न सक्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस र जसपाबीच आफ्नो समूहको मोर्चा बन्न सक्ने बताएका हुन् । उनले भने, ‘हामीले आन्दोलनको तयारी गरिरहेका छौं । छिट्टै नै नेकपा, कांग्रेस र जसपाको मार्चा बन्न सक्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध पुस २० गतेदेखि माघ २३ गतेसम्म विभिन्न कार्यक्रमसहित आन्दोलनको घोषणा गरेको छ ।