संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको नियुक्त बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । असार १० गते राष्ट्रपति विद्यादेवि भण्डारीले संवैधानिक आयोगहरुमा २० जनालाई नियुक्त गरेकी थिइन् । गत बैशाख २० गते सरकारले २० पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषद्बाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् । उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरेका छन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया