वसन्तपुरमा चीनको बोर्ड देख्दा लाज लाग्छ

काठमाडौं महानगरपालिकाका पुराना सम्पदाहरू २०७२ सालको भूकम्पले तहसनहस भए । त्यसको पुनः निमार्णको जिम्मा सरकारको थियो ।
पुनःनिर्माणका लागि छुट्टै प्राधिकरणको गठन हुँदा स्थानीय तहको निर्वाचन भएको थिएन । स्थानीय तहको निर्वाचन भएपछि महानगरले पुन निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाउनु पथ्र्याे । यसको जिम्मेवारी स्थानीय निकायले नै लिनु पथ्र्याे ।
पुनःनिर्माणको जिम्मा महानगरले लिएको भए नयाँ मोडलमा काम गर्न सकिन्थ्यो । तर मेयरले यसको जिम्मेवारी नलिँदा यसो हुन सकेन ।
ललितपुरमा भने केही हदसम्म पुनःनिर्माणको जिम्मा स्थानीय निकायले लिएको छ । यसको उदाहरण हो ललितपुरको पिलाछेँ।
ललितपुरमा भन्दा धेरै क्षति त काठमाडौंमा भएको छ । तर काठमाडौंमा भूकम्प पछि निर्माण भएकोमा रानीपोखरी, दरबार हाइस्कुल र काष्ठमण्डपभन्दा बाहेक केही देख्न पाएनाैं ।
हामी गैर नेवार भए पनि काठमाडौंको नेवारी सभ्यतामा गर्व गर्छौ । तर यहाँका जनप्रतिनिधिले त अपनत्व लिएर काम गर्नु पर्ने हो । तर त्यस्तो जाँगर देखिएन ।
यहाँ त विभिन्न चोक र टोल नै निमार्ण गर्न सकिन्थ्यो । त्यसमा महानगर चुक्यो । महानगरका मेयर नेवारी समुदायकै मानिस हुन् । तर उनले आफ्नो परम्परा जोगाउन काम गरे भन्ने देखिदैन ।
मेरो एउटा ठूलो एजेन्डा काठमाडौंमा एउटा ठूलो अन्तर्राष्ट्रिय नेवा संग्राहलय बनाउने भन्ने थियो । संसारभरका नेवार समुदायले गर्व गर्न लायक संग्राहलय बनाउने भन्ने थियो । त्यो एजेण्डमा पनि महानगरको ध्यान पुगेन ।
हामी गैर नेवार भए पनि काठमाडौंको नेवारी सभ्यतामा गर्व गर्छौ । तर यहाँका जनप्रतिनिधिले त अपनत्व लिएर काम गर्नु पर्ने हो । तर त्यस्तो जाँगर देखिएन । सहरभित्रका जति पनि पुराना घरहरूलाई फेरी त्यही स्वरूपमा निमार्ण गर्ने, हेरिटेज जोगाउनको लागि उल्लेख्य भूमिका त जनप्रतिनिधिकै हो ।
तर यहाँ त भएका थोरै सम्पदा पुनः निमार्ण हुँदा पनि विवाद नै भयो । रानीपोखरी, धरहरा, काष्ठमण्डपको पुनः निमार्ण विवाद यसका उदाहरण हुन् । यो विवाद महानगरले उपयुक्त नीति लिन नसक्दा भएको हो ।
पछि जुन तरीकाले पुनः निर्माण भयो त्यो पहिले नै गरेको भए पैसा र दुई/अढाई वर्ष समय खेर पनि जाँदैनथ्यो । महानगरले पुनः निर्माणको लागि नेतृत्व लिएर काम गरेको भए छुट्टै इमेज पनि बन्थ्यो ।
अहिले पनि काठमाडौं सहरभित्रका निजी घरहरू भूकम्पपछि पुनःनिर्माण भएका छैनन् । सयौं वर्ष पुराना घरहरू टेकामा उभिएका छन् । ती घर कहिले ढल्ने टुङ्गो छैन । त्यस्ता घरमा मान्छे बस्दा असुरक्षित त हुने भए, नै अझ त्यो टेको लगाएका घर हुँदै हिँड्ने मान्छे झनै असुरक्षित छन्।
अर्को कुरा, काठमाडौं ऐतिहासिक सहर हो । यहाँका धेरै पुराना घर र मन्दिरहरूले यहाँको संस्कृति झल्काउँछ । त्यसैले यहाँको नेतृत्वले त्यसको आवश्यकता बुझ्न आवश्यक छ ।
भूकम्प भएको यतिका वर्षमा त महानगरले पुराना तथा ऐतिहासिक महत्व बोकेका निजी घर पुनःनिमार्णमा पनि ध्यान दिनु पथ्र्याे । भर्खरै मात्रै कार्यविधि ल्याएको भन्ने सुनेको छु । तर पुनःनिर्माण प्राधिकरणको अवधि सकिएपछि त्यो ल्याएर के काम । तर ढिलै भए पनि कार्यविधि आएको छ । यसको परिणाम कस्तो आउँछ हेर्न बाँकी छ ।
मेयरको शीर लाजले झुकेन
वसन्तपुर दरबार स्क्वायर सयौँ वर्ष पहिले नेपालीहरूले नै बनाए । त्यो हामीले नै बनाएको भनेर विश्वसामु चिनियो । विश्वभरिबाट आएका पर्यटक वसन्तपुर दरबार स्क्वायर नपुगी फर्कदैनन् । तर भूकम्पले भत्काएपछि चाइना सरकारले बनाउँदै छ ।
मलाई त वसन्तपुर दरबार स्क्वायरमा चाइनाको साइन बोर्ड देख्दा लाज लाग्छ । मेरो शीर झुक्छ । तर महानगरको मेयरको शीर त झुकेको देखिएन ।
त्यो दरबार त कुनै विदेशी आएर बनाइदिएको त होइन । पृथ्वीनारायण शाहले बनाउन लगाएका हुन् । त्यसबेला नेपालकै लगानीबाट बनेका त्यस्ता सम्पदा अहिले हामीले पुनःनिर्माण गर्दा आफ्नै लगानीमा बनाउनु पथ्र्याे ।
अहिलेका मेयरले अवसर गुमाए
काठमाडौंको मेयरको आफ्नै पार्टीका नेता देशको प्रधानमन्त्री थिए । उनले आफूले चाहे अनुसारको काम गर्न सक्थे । तर त्यसो भएन । भूकम्प, कोरोना लगायतका समस्यामा आफ्नो नेतृत्व देखाउने समय थियो ।
उनकै पार्टीको प्रधानमन्त्री हुँदा काम गरेर देखाउन सकेनन् । मलाई त उनले अहिले नेतृत्व देखाउने ठूलो अवसर गुमाएको जस्तो लाग्छ ।
नेपालमा काम गर्दा विवाद आउँछ । उनको यो अवधि कम विवादरहित हुन सकेन । अनि अर्को कुरा सही निर्णय लिँदा त कसले नराम्रो भन्छ र?
मैले केशव स्थापित महानगरको मेयर भएको समयमा पनि काम गर्ने अवसर पाए । उनीसँग काम गर्ने भिजन थियो । अझ कसैले नेतृत्व लिएर केही गर्छु भन्दा उनी नेतृत्व दिन तयार हुन्थे । तर अहिले मैले त्यस्तो पाएको छैन ।
अहिलेका मेयरले महानगरका कर्मचारीलाई नै विश्वास गरेका छैनन् । उनीहरूलाई विश्वासमा लिएर काममा लगाउनुको साटो उनीहरूलाई दुस्मन देखेर भएन नि ।
०००
साधन स्रोतमा ललितपुर महानगरपालिका काठमाडौंको भन्दा कम छ । तर त्यहाँ काठमाडौंको भन्दा कुशल नेतृत्वले गर्दा केही काम गरेका देखिएको छ ।
तर काठमाडौं महानगरले भएका विकासका कार्यले त देशलाई नै निर्देशित गर्ने खालको उदाहरण बन्ने खालको हुनुपर्छ । तर सम्पदाहरु पनि विदेशीले बनाइदिनु लाजमर्दो कुरा हो ।
काठमाडौं महानगरपालिका उत्कृष्ट बन्नु पर्नेमा अहिले त भद्रगोल, अराजकता, धुलो–मौलो, धुँवा, भिडभाड भएको छ । महानगर त यहाँ बस्नेहरूको मात्रै हैन, मेचीदेखि महाकालीसम्म छरिएर रहेका नेपालीको हो ।
मैले केशव स्थापित महानगरको मेयर भएको समयमा पनि काम गर्ने अवसर पाए । उनीसँग काम गर्ने भिजन थियो । अझ कसैले नेतृत्व लिएर केही गर्छु भन्दा उनी नेतृत्व दिन तयार हुन्थे । तर अहिले मैले त्यस्तो पाएको छैन ।
यहाँ जो आए पनि ‘काठमाडौं त रमाइलो रहेछ नि’ भन्ने हुनु पर्छ । त्यो कुरा आफ्नो गाउँठाउँमा गर्न सकोस् । त्यही अनुरूप विकास गर्न सकोस्।
अहिले त उनीहरूले यहाँ आउँदा पाएको दुःखले गलत सन्देश गाउँ–गाउँ जान्छ । राजधानी पुग्दा गौरव हुने गरी अहिलेको नेतृत्वले काम गर्न सक्थ्यो । यहाँको विकास गर्नको लागि श्रोत जति पनि छ । देशको केन्द्र सरकार यही छ । तर इच्छा शक्तिको कमी भएकोले यस्तो भएको छ ।
(नेपाल सरकारका पूर्व सचिव तथा गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका लागि मेयरका उम्मेदवार थापासँग नेवालवाचकर्मी सुरेन्द्र बजगाईंले गरेको कुराकानीमा आधारित)
सम्बन्धित समाचार
- महानगरको नीति : पार्किङस्थल नबनाउने, आम्दानी बढाउने
- महानगरमा सकस : च्यापिसक्यो, कता कुद्नु ?
- ‘गरिखाने’काे सपना निमाेठ्दै महानगर
- महानगरको दोहोरो मापदण्ड : गरिखानेमाथि ‘टिप्पा’, कर मारालाई ‘रेडकार्पेट’
- पाँच वर्षमा मेयर विद्यासुन्दरको काम : सपना देखाएर आशाको चीरहरण
- महानगरलाई नै थाहा छैन– काठमाडौंको फोहोर कसले उठाउँछ ?
- काठमाडौं महानगर सधैंको दुर्गन्धनगर
- कहिलेसम्म काठमाडौं काकाकुल ?
प्रतिक्रिया